कञ्चनपुर,
तस्कर बिरुद्धमा कञ्चनपुर प्रहरी निर्मम बन्दै गएको छ । भारतबाट खुलेयाम भन्सार छलेर र सीमा क्षेत्रमा रहेको सशस्त्र प्रहरीलाई समेत उछिनेर ल्याएका अवैध समान कञ्चनपुर प्रहरीले बरामद गरेको छ ।
झण्डै अढाई लाख भन्दा बढिका समान सहित पाँच जनालाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । सोमबार भारतबाट भन्सार छलेर समान ल्याईरहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकास डाँगीले भन्सार छलेर ल्याईरहेको समान बरामद गरेर भन्सार बुझाईएको बताए । प्रवक्ता डाँगीका अनुसार दाल, मिश्री,चिनी, तरकारी, टोकरी, फुटी, बेसुन, पाउडर, २ मोटरसाईकल, १ स्कुटी र दुई थान साईकल सहित २ लाख, ६९ हजार ३५० रुपैया बराबरको समान सहित उक्त समान ओसानेलाई समेत पक्राउ गरिएको छ ।
भीनपा ५ मा चन्द्र सुनार, भीनपा ६ का प्रेमराज जोशी, भीनपा ११ का पुष्कर सिह लुहार, भीनपा ६ का पुष्कर भट्ट र भीनपा १९ का राजेन्द्र माली पक्राउ परेका छन । कञ्चनपुर प्रहरीले भन्सार नकाटेर अवैध रुपमा गड्डाचौकी भन्सार नाकाबाट महेन्द्रनगर ल्याउँदै गरेको अवस्थामा सुकासाल क्षेत्रबाट यसरी अवैध समान बरामद गरेको यो पहिलो उदाहरण हो ।
भारतबाट गड्डाचौकी भन्सारकै नाका भएर महेन्द्रनगर समान ल्याउँदै गर्दा यसरी समान सहित मानिस पक्राउ गरेपछि तस्कर समुह झस्किएका छन ।
Discussion about this post