कञ्चनपुर,
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका र क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन सहयोग इकाई(आरयूडिपी) बिरुद्धमा अख्तियारमा उजुरी परेको छ ।
मगलबार शुक्लाफाँटा नगरपालिका र क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन सहयोग इकाई(आरयूडिपी) बिरुद्धमा अख्तियारमा उजुरी परेको हो ।
एसियाली विकास बैंक(एडिबी)को आर्थिक सहयोगमा शुक्लाफाँटा नगरपालिकामा संचालित क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन सहयोग इकाई(आरयूडिपी)का कामकाजमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा उजुरी परेको जनाईएको छ । निवेदनकमा आयोजना पीडित सरोकारवालाहरु राखिएको उक्त उजुरी पत्रमा शुक्लाफाँटा नगरपालिका प्रशासकीय भवन शुरुवाती चरणदेखि गुणस्तहिन समाग्री प्रयोग गरि निर्माण कार्य गरेको उल्लेख गरिएको छ ।
भवन संरचना पटक पटक भत्किनेक्रम जारी रहेको भन्दै उल्लेख गरिएको छ । यस अघि पनि पर्खाल भत्किएपछि स्थानीयले समेत भवनको गुणस्तरियतामा प्रशन गर्दै आएका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले उजुरी उपर छानबिन भईरहेको जनाएको छ ।
शुक्लाफाँटा नगरपालिका ईन्जिनियर लोकेन्द्र भट्टले भवन गुणस्तरिय बनेको बताएका छन । ‘पानीले समस्या भएको हो, भत्किएको हो, ‘उनले भने, ‘गुणस्तर नै काम भएको छ ।’
Discussion about this post