बेलडाँडी वडा नं.५ को ऐलानी जग्गा नापजाँच कार्य अन्तिम चरणमा

बेलडाँडी,
कञ्चनपुरको बेलडाँडी गाँउपालिका वडा नं.५ मा ऐलानी जग्गा नापजाँच कार्य अन्तिम चरणमा पुगेको छ । बेलडाँडी गाँउपालिका वडा नं.५ मा पुष १३ गते देखि शुरु गरेको ऐलानी जग्गा नापजाँच कार्य अन्तिम चरणमा पुगेको वडा नं.५ कार्यालयले जनाएको छ ।

 

५ का अध्यक्ष ईन्द्र बहादुुर खडकाका अनुसार भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाउनका लागि गाँउपालिकाले जग्गा नापजाँचलाई तिब्रता दिएको बताए । वहाँका अनुसार नापजाँच कार्यलार्ई दुरुस्त गतिमा अघिबढाउन १ टोली थप गर्ने विषयमा छलफल भइरहेको बताए । अहिले २ टोली नापजाँचमा खटिएको छ । केहि दिन भित्र वडाको सम्पुर्ण नापजाँच सकिने वहाँले बताउनु भयो ।

वडा नं.५ मा लगत संकल भएको अव्यवस्थित १ हजार ४५, सुकुमवासी ७९ र दलित ४५ परिवार रहेका छन् ति मध्ये आज सम्म नापनक्सा भएको अव्यवस्थित ९ सय ५१, सुकुमवासी ४८ र दलित ३० परिवारको नापजाँच भइसको समितिका कम्प्युटर अपरेटर जनक राज उपाध्यायले जानकारी गराउनु भयो । वहाँका अनुसार जेठ १५ गते सम्म वडा नं.५ को नापनक्साको कार्य सकिने बताउनु भयो ।

यस पछि बेलडाँडीकै सबै भन्दा ठूलो वडा नं. २ मा नापजाँच कार्य हुन सक्ने जनाईएको छ । यश बिषयमा छलफल द्वारा कार्य अघि बढाईने जनाईएको छ ।

बेलडाँडीमा भूमिहिन दलित १५५ भूमिहिन सुकुमबासी १९४ र अव्यवस्थित बसोबासी ४ हजार ३३३ यस अघि छुट्टाछुट्टै फारम भरेका थिए ।

जमिन नापजाँच कार्य सक्किएका वडाका भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासी हर्षित भएका छन । लामो पखाईपछि आफ्नो पालिका क्षेत्रका जनताको समस्या समाधान गर्न लागेको भन्दै स्थानीय हर्षित भएका छन । जमिन भएरपनि लालपुर्जा नभएका अव्यवस्थित बसोबासी जमिन नभएका भूमिहिन दलित र सुकुमबासी जमिनको मालिक बन्ने भएपछि झिनै हर्षित भएका हुन ।

 

बेलडाँडीका झण्डै ४हजार ६सय ८८ नागरिक जमिनको मालिक बन्नेसंगै एकारित राज्यलाई भूमिकर राजस्व अर्कारित नागरिकलाई अनेकन वित्तिय कारोबारका लागि समेत सुविधा हुने भएकाले यस कार्यबाट राज्य र नागरिक दुवै लाभान्वित हुनेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित