बेलडाँडी गाउँपालिकामा एकाउन्टेन्टको मनपरिले सेवाग्राहीलाई सास्ती

बेलडाँडी,
कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा एकाउन्टेन्टको मनपरि उपस्थितले सेवाग्राही मर्कामा परेका छन् ।

बेलडाँडी गाउँपालिका लेखा शाखामा कर्मचारी विहीन तथा अव्यवस्थित रहेकोले सेवाग्राही लाई निकै समस्या परिरहेको छ।

लेखा अधिकृतको मनोमानीले आम जनताको काम काजमा बाधा परिरहेको छ। महिनौंदेखि लेखा अधिकृत दिर्घ बहादुर खडकाको कार्यालयलाई बिना जानकारी अाफुखुसी विदा बस्ने बानीले पालिका भित्रको सबै आर्थिक कारोबार ठप्प रहेको स्थानीय वासिन्दा बताउछन् ।

  बेलडाँडीका लेखा अधिकृत खडका बेलडाँडीमा हाजिर भए यता देखि सेवाग्राहीहरूले निकै सास्ती खेप्नु परेको छ । मनलागे कार्यालय अाउने मन नलागे कार्यालय नअाउने दादागिरी शैलिले पालिकाका कर्मचारी देखि जनप्रतिनिधि समेत वाक्क भएका छन् ।

  लामो समय देखि लेखापाल नहुदा अधिकांश कारोबार ठप्प हुदैछ यी कर्मचारीको आवत जावत मनपरीले सर्वसाधारण जनता तथा पालिकाका अन्य कार्यक्रमहरु समेत प्रभावित हुदै गरेको छ ।

पालिकाका मुख्य शाखामा शाखा प्रमुख नहुदा अधिकांश ‌कामकाज ठप्प भएर गाउँपालिका अव्यवस्थित ‌‌‌बनेको छ । छ । लेखापाल नहुदा पालिका भित्रका उपभोक्ता समितिहरुले समयमा आफ्नो कार्यक्रम सम्पन्न गरिसकेका छन तर उपभोक्ता समितिले पाउनु पर्ने भुक्तानी अझैसम्म नपाएर दिनहु गाउँपालिकाको कार्यलय धाउदैछन।

लेखा अधिकृत मनोमानी तरिकाले बिदा बस्ने गरेको बेलडाँडी गाउँपालिका प्रमुख प्रशासकी अधिकृत  पदमराज जोशीले स्वीकार गर्नु भयो । उनले भने “कुनै दिन म बिदा बसे भनेर जानकारी गराउनु हुन्छ, कुनै दिन थाहा हुदैन् सेवाग्राही अाएर  मलाई भन्ने गरेका छन् ।” पटक पटक स्टाफ बैठकमा समेत कुरा उठ्ने गरेको तर पनि उनले सेवाग्राहीहरूको मर्कालाई बेवास्ता गरेका छन् ।
पालिका प्रमुख हरिशचन्द्र रानाले यस विषयमा बुझ्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित