महाकाली – मेची साइकल यात्रा गर्दै ६१ वर्षीय बर्मा

प्रकाश भट्ट/कञ्चनपुर –

पश्चिमी सीमा नाका गड्डाचौकीबाट महाकाली–मेची साइकल यात्रा सुरु हुने भएको छ । क्यान्सर विरुद्धकाे अभियान लिएर ६१ वर्षीय एच बी वर्मा भोलि विहिबार देखी साइकल यात्रा सुरु गर्ने भएका हुन्।

 

२०१८ सालमा भरेन गाउँपालिका ०४ बाग्लुङमा  जन्मिएका उनी विगत १३ वर्षदेखि निरन्तर साइकल यात्राको माध्यमबाट समाजसेवा गर्दै आइरहेका छन्।

२०७४ सालमा पनि मंसिर १२ गतेदेखि २२ गतेसम्म उनले १० दिनमै मेची महाकाली सम्पन्न गरेको उनले बताए।

६१ बर्षिय बर्माका लागी दैनिक जीवनमा साइकल अति नै महत्वपूर्ण सवारी साधन बन्न पुगेको छ। साइकल स्वास्थ्य र वातावरणका हिसाबले उपयुक्त भएकोले १३ वर्ष अघिबाट नियमित साइक्लिङमा जोडिएको उनको भनाइ रहेको छ।

साइकल यात्रा उनले क्यान्सर विरुद्धकाे अभियान तथा जन समुदायमा युवा पुस्तालाई लागू पदार्थ, धूम्रपान मद्यपान जस्ता कुलतबाट बच्न  प्रेरित गर्ने उद्देश्यले सुरु गरेको उनले जनाए।

उनले भने ‘क्यान्सर विरुद्धकाे यस यात्रामा म ठाउँ-ठाँउमा गएर युवा पुस्तालाई लागू पदार्थ, धूम्रपान मद्यपान जस्ता कुलत नगर्न नगराउन प्रेरित गर्ने छु।’

साइक्लिस्ट बर्माका अनुसार उहाँले  पश्चिमी सीमा नाका गड्डाचौकीबाट यात्रा  सुरु गरी मेचीको मेचि पुलमा पुगेर  समापन हुने छ।

उनले हरेक दिनको यात्रा समापन आफू पुग्ने गाउँ र शहरको कुनै चोकमा लागू पदार्थ, धूम्रपान मद्यपान जस्ता कुलतबाट बच्न सचेतना मुलुक सन्देश समेत प्रवाह गर्ने बताएका छन् ।

त्यसैगरी उहाँको यो साइकल यात्रा को अर्को उद्देश्य साइकल वातावरण मैत्री सवारी साधन हो र यसको जतिसक्दो प्रयोग गरे वातावरण संरक्षणमा योगदान पुर्याउन सकिन्छ भन्ने समेत रहेको छ।

उनले भने ‘साइकल वातावरण मैत्री सवारी साधन हो र यसको जतिसक्दो प्रयोग गरेर वातावरण संरक्षण गर्न सबैले एकजुट हुनु अनिवार्य छ।’

वैशाख २८ गते सुरु शुरु भै ११ दिन मा टुङ्गिने साइकल यात्राको पहिलो दिन वर्मा कञ्चनपुरको गड्डाचौकीबाट धनगढीको साइकल यात्रा गरी विश्राम गर्ने छन् ।

आफै जिब्रोको क्यान्सर पीडित रहेका उनी क्यान्सर विरुद्धकाे अभियान लिएर साइकल यात्रा गर्दै युवा पुस्तालाई कुलतबाट बच्न सचेतना मुलुक सन्देश समेत प्रवाह गर्न पाउँदा एकदम हर्षित रहेको उनको भनाइ रहेको छ।

महाकाली देखी मेचीसम्म को साहसिक र जीवनभरको यादगार र सचेतना मुलुक  साइकल यात्रामा निस्केका  एच बी बर्मालाई कञ्चनपुर बासीले सफल साइकल यात्राको शुभकामना र शुभेच्छा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित