दुर्घटना न्यूनिकरण गर्न कैलाली ट्राफिक प्रहरीको चालकलाई प्रशिक्षण

32
VIEWS

कञ्चनपुर,
तिव्र शहरीकरण, सवारी साधनको उच्च चापका कारण सवारी दुर्घटना बढिरहेको अवस्थामा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सचेतनामुलक कार्यक्रम संचालन गरिरहेको छ ।

सवारी साधन दुर्घटना न्यूनिकरण गर्नका लागि कैलाली ट्राफिक प्रहरीले चालकलाई प्रशिक्षण कार्यक्रम संचालन गरिहेको छ । तोकिएको कामकर्तव्यका साथ साथै सवारी दुर्घटना न्यूनिकरणका लागि हरेक शुक्रबार चालक सचेतना कार्यक्रम संचालन गरेको हो ।

नेपाल प्रहरी भित्रका चर्चित प्रहरी निरीक्षक (ईन्सपेक्टर) बिरेन्द्र जोहारीले कैलाली ट्राफिकको जिम्मा सम्हालेपछि चालक सचेतना कार्यक्रम अघि बढाएका हुन ।

राजमार्ग, सडक, बजार एव उच्च सवारी साधन भित्रभाँड हुने क्षेत्रमा ठेली लगेर जरिवाना भन्दा चालकलाई समयमै सचेत गराउँदा सवारी दुर्घटना न्यूनिकरण कार्यक्रम प्रभावकारी हुने भन्दै कैलाली ट्राफिक प्रहरीले हरेक शुक्रबार चालक सचेतनामुलक कार्यक्रम संचालन गरेको हो ।

०८० को बैशाख अन्तिम साताको शुक्रबार पनि कैलालीमा चालक सचेतना कार्यक्रम गरिएको छ । हासम्म ७ सय ६३ चालकलाई सचेतनामुलक प्रशिक्षण दिईएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका इन्चार्ज प्रहरी निरीक्षक बिरेन्द्र जोहारीले समान्य अज्ञानता अन्जान, लार्पबाहीका कारण अकालमै ज्यान गुमाउनुपर्ने अवस्था हटाउनका लागि सचेतना कार्यक्रम संचालन गरिएको बताए ।

अनुशासन पालना गर्ने चालक, तिव्र गति, लेन उलङघन, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने चालकलाई अभिमुखीकरण गराईन लागेको छ । ट्राफिक नियम पालना नगर्ने चालकलाई समयमै सचेतना गराईएसंगै सवारी साधन दुर्घटना न्यूनिकरण हुुनेछ । यसरी ट्राफिक नियम उलङघन गर्ने चालकहरुले समेत कैलाली ट्राफिक प्रहरीको अभियान सरानिय भएको बताएका छन ।

उनीहरुले विगतका ट्राफिक इन्चार्जले चालकसंग बोल्न नरुचाउनेदेखि हप्काउने, धम्काउने, जबरजस्ती जरिवाना गर्ने गरेपछि अहिलेका ट्राफिक इन्चार्जले सौहादपूर्ण वातावरणमा दिर्घकालिन रुपमा काम लाग्ने गरी सम्झाई बुझाई गरेर सचेत गराईरहेको बताएका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार