६ विद्यार्थी संगठनको प्रधानमन्त्री र शिक्षामन्त्रीलाई ज्ञापन सुप विश्वविद्यालयका बेथिति छानबिन गरेर कार्बाही गर्न माग

8
VIEWS

कञ्चनपुर,
कञ्चनपुरका ६ विद्यार्थी संघ संगठनहरुले प्रधानमन्त्री र शिक्षामन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन ।
शुक्रबार सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दिक्षान्त समारोहमा सहभागि हुन आएका प्रधानमन्त्री शेर बहादुर देउवा र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई ज्ञापन पत्र बुझाएका हुन ।
अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष कैलाशचन्द्र गिरीले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई भेटेरै ज्ञापन पत्र बुझाएको बताए । शिक्षामन्त्री मार्फत नै प्रधानमन्त्री देउवालाई समेत ज्ञापन पत्र बुझाईएको छ । उनका अनुसार माओवादी निकट अखिल क्रान्तिकारी, एमाले–समाजवादी निकट अनेरास्ववियु, राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ, बैद्य र नेकपा बहुमत निकट क्रान्तिकारीले सुप विश्वविद्यालयमा बढिरहेको बेथिति रोक्न माग अघि सारेर ज्ञापन पत्र बुझाएका हुन ।
अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष कैलाश चन्द्र गिरीले सुप विश्वविद्यालयको दिक्षान्त समारोह अवागै सिनेट बस्ने पुर्व सन्ध्यामा समयमै सचेत गराउनका लागि सहकुलपति समेत रहेका शिक्षामन्त्री देवेन्द्र पौडेललाई भेटेरै ज्ञापन पत्र बुझाएको बताए । सुप विश्वविद्यालयमा मनपरी बढेकाले कतै सहकुलपति पौडेल, कुलपति देउवालाई झुक्याएर अनाधिकृत निर्णय गर्न सक्ने भएकाले ज्ञापन पत्र बुझाएको बताए ।
अनेरास्ववियू कञ्चनुरका अध्यक्ष रमेश पन्तले पदाधिकारीले विश्वविद्यालयमा बेथिति गरिरहेका बेला संयूक्त विद्यार्थी संगठन मिलेर ज्ञापन पत्र बुझाएको बताए । बिना प्रकृया कर्मचारी स्थायी गर्ने काम, सेवा आयोगलाई निष्कृय बनाउने काम स्वीकृत दरबन्दी विपरित जिम्मेबारी दिने काम सहित बेथिति रोक्न माग अघि सारेर ज्ञापन पत्र बुझाएको बताए । ज्ञापन पत्र बुझदै शिक्षामन्त्री देवेन्द्र पौडेलले विद्यार्थी संगठनले उठान गरेका विषयमा बारे विषय बुझ्ने बताए ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार