बेलडाँडी वडा नं.५ का निवर्तमान वडासदस्य गुरुङको निधनप्रति एमाले र वडा कार्यालयद्वारा दुःख व्यक्त

बेलडाँडी,

बेलडाँडी वडा नं.५ का निवर्तमान वडासदस्य गुरुङको निधनप्रति एमाले र वडा कार्यालयद्वारा दुःख व्यक्त गरिएको छ ।

नेकपा एमालेका नेता तथा कञ्चनपुर क्षेत्र नं.१ का संघिय सांसद तारालामा तामाङ, नेकपा एमाले जिल्ला सचिव पल्लब राज भट्ट, मोहन गिरी, अभिमान थापा, कमला कार्की, अक्कल बहादुर बिष्ट, भिम बहादुुर थापा, लक्ष्मी भट्ट, विर बहादुर बिष्ट, पुष्पकमल पण्डित, लक्ष्मण भाट लगायका एमाले नेता कार्यकर्ताहरुले निवर्तमान वडा सदस्य तथा एमाले गाउँकमिटी सदस्य यद बहादुर गुरूङको निधनप्रति दुःख व्यक्त गरेका छन् । मृत गुरुङको घरमै एमालेका नेता कार्यकर्ताहरुले पार्टीको झण्डा ओडाएर शोक व्यक्त गरेका हुन ।

 

सांसद तामाङले पार्टीका एक होनोहार नेताको निधनले सिंगो पार्टी र बेलडाँडीलाई नै क्षती पुगेकोे उल्लेख गरेका छन् । तामाङले मृतकका परिवार,आफन्जन र सम्पूर्ण पार्टीपंक्ति प्रति गहिरो समवेदना व्यक्त गरेका छन् । साथै वडा नं.५ का अध्यक्ष ईन्द्रबहादुर खडकाको टिमले समेत पार्थिव शरिरमा फुलमाला अर्पण गरेर श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

गोर्खामा जन्मेका गुरुङ नेपाली सेनामा सेवाकै कर्ममा कञ्चपुरको झिलमिला बसाइसरको थिए । उनी नेपाली सेनाका अवकास शैन्य हुन । २०७४ सालमा भएको स्थानीय निर्वाचनमा नेकपा (एमाले)को तर्फबाट गुरुङ वडा नं.५ को वडा सदस्यमा निर्वाचित भएका थिए । सालिन स्वभावका गुरुङ लामो समय देखि विरामी रहेका थिए । बुधवार २७ गत सेती प्रादेशीक अस्पताल धनगढीमा उपचारकै कर्ममा निधन भएको थियो ।

 

आज सनिवार पार्टीका नेता कार्यकर्ता, इष्टमित्र आफन्त छिमेकीहरुले पार्थिव शरिरमा फूलमाला अर्पण गरेर श्रद्धाञ्जली व्यक्त गर्दै शब यात्रामा सरिक भएका थिए । गुरुङको बौद्धिक धर्मअनुसार झिलमिला आर्यघाटमा नेपाली सेनाले सलामी दिदै दाहसंस्कार गरिएको थियो । वहाँको निधनले सिंगौ गाउँ शोकमय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित