सडक डिभिनजको लार्पबाहीले सिसैयामा दुर्घटना बढ्दै

94
VIEWS

कञ्चनपुर,
पुर्वपश्चिम महेन्द्र राजमार्ग अन्र्तरगत कञ्चनपुरको सिसैया क्षेत्रमा सडक डिभिजन कार्यालय महेन्द्रनगरको लार्पबाहीले सवारी दुर्घटना निम्तिएको छ ।

चिसापानी गड्डाचौकी सडक विस्तार अन्र्तरगत सडक डिभिजन कार्यालय महेन्द्रनगरले निर्माण कम्पनीलाई बेदकोट नगरपालिका ६ सिसैयामा कल्र्भट निर्माणको जिम्मा दिएको थियो । निर्माण कम्पनी र कार्यायको लार्पबाहीले माटो भरान नगर्दा दैनिक सवारी साधन दुर्घटना भईरहेका छन ।

स्थानीयले समेत विस्तार गरिएको कल्र्भट अन्र्तरगत माटो भरानका लागि कार्यालयसंग पटक पटम माग गर्दा समेत कार्यालयले खासै ध्यान दिएको छैन ।

स्थानीय युवा एव राष्ट्रिय युवा संघ नेपाल केन्द्रंीय लेखा आयोग सचिव समेत रहेका प्रविन बोगटीले सडक कार्यालयको लार्पबाहीले निर्माण कम्पनीले समेत काम अधुरै छाडेपछि दैनिक सवारी दुर्घटना भईरहेको बताए ।

‘कल्र्भट निर्माण भएको एक बर्ष वितिसक्दा पनि सडढक कार्यालयले माटो भरान र छेउछाउ मर्मत गरेको छैन, ‘उनले भने, ‘तसर्थ दैनिक सवारी दुर्घटना भईरहेका छन ।’ माटो भरानका लागि पटक पटक सडक डिभिजनका कर्मचारीसंग आग्रह गर्दा समेत हालिदिने भन्ने तर अहिलेसम्म नहालेपछि स्थानीय यात्रु मारमा परेका छन ।

‘मानिसको ज्यानै लिने गरी निर्माण कार्य अधुरै छाडेपछि स्थानीय समेत त्रसित भएका छन, ‘उनले भने, ‘समयमै कल्र्भट मर्मत नहुँदा यात्रुले जान जोखिममा पार्नु परेको छ ।’
सडक डिभिजन कार्यालय कञ्चनपुरमा ईन्जिनियर पियूष चटौतले निर्माण कम्पनीसंग वा कार्यालयबाट उक्त कल्र्भटमा माटो भरान गरिने बताए ।

 

यात्रुले समेत सडक अनुरुप कल्र्भट मर्मत गर्नुपर्ने बताउँदै आएका छन । झुक्किएर समेट दैनिक साना दुर्घटना हुँदा कसैले वास्ता नराखेको र ज्यानै जाने दुर्घटना भए सडक कार्यालय बिरुद्धमा आन्दोलन गर्ने चेतावनी दिएका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार