आदिवासी जनजाती महासघ बेलौरीको अध्यक्षमा गम्वा चयन

बेलौरी,
नेपाली आदिवासी जनजाती महासंघ बेलौरी नगर अध्यक्षमा कृष्ण गम्वा चयन भएका छन ।

 

आइतबार आदिवासी जनजाती महासंघ बेलौरी समन्वय समितिको भेलाबाट अध्यक्षमा गम्वा सर्वसम्मत चयन भएका छन । अन्य समितिमा महिला उपाध्यक्ष दुर्गा श्रेष्ठ, उपाध्यक्ष सोभा गुरुङ्ग, मुख्य सचिव शुक्र्रराज राना, सचिव बिनिता मगर, कोषाध्यक्ष रोशन थापा, सदस्य बिमल राना, अर्जुन श्रेष्ठ, अमर ब. राई रहेका छन । बेलौरी नगरका प्रमुख पोतिलाल चौधरीको प्रमुख आथित्यमा जमा भएको भेलाले सर्वसम्मत कार्यसमिति चयन गरेको थियो ।

नेपाली आदिवासी जनजाती महासंघ कञ्चनपुरका अध्यक्ष विकास श्रेष्ठले सहमतीय आधारमा नयाँ कार्य समिति चयन भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित