लालझाडीमा पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत कुशल डल उत्पादन तालिम शुरू

49
VIEWS

लालझाडी,
लालझाडी गाउँपालिकामा पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत डल कुशल उत्पादन तालिम शुरू भएको छ ।

 

लालझाडी गाउँपालिका वडा नं २ कञ्जमा आज सोमवार देखि देखि १५ र दिन सम्म सञ्चालन हुने पढ्दै कमाउदै बिद्यार्थी तथा युवा उद्यमशीलता विकास परियोजना अन्तरगत डल कुशन उत्पादन तालिमको उद्घाटन गरिएको हो ।

 

लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले अाज कार्यक्रमको उद्घाटन गर्नुहुदै सहभागीहरूलाई कुशलतापुर्वक तालिम लिई जीविका पार्जनमा सहयोग पुगोस् भन्ने उदेश्यका साथ तालिम दिन थालेको बताए । तालिममा पढ्दै गरेका विद्यार्थी भाईबहिनीहरूलाई अात्मनिर्भरताका लागि सजिलो हुने जनाए ।

 

उक्त कार्यक्रममा १२ जना प्रशिक्षार्थीले सहभागिता जनाएका छन् । प्रशिक्षार्थीहरूले यस तालिमले जीवनयापनमा ठुलो टेवा पुग्ने बताउदै खुसी व्यक्त गरे ।

 

कार्यक्रममा पालिका उपाध्यक्ष सपना चाैधरी राना, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी दत्त भट्ट, प्रशिक्षक लगायतकाहरूको सहभागी रहेको थियो ।

Exif_JPEG_420
https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार