बेलडाँडीमा उपाध्यक्ष नेतृत्वको बजार अनुगमन समिति निरिह बनेपछि फर्मालिन प्रयोग भएको अवैध माछाको विगविगी

164
VIEWS

बेलडाँडी,

बेलडाँडी गाउँपालिकाका चौकचौराहका माछामासु पसलमा बिक्रीका लागि भारतबाट अवैध तरिकाले आसोरेका माछामा फर्मालिन प्रयोग भएको आसंका गरिन थाल्दा समेत रोकटोकमा कुनै निकाय गम्भिर नवनिदिदा स्थानीय हैरान भएका छन् ।

कुनै पनि निकायले स्थानीय वजारमा अवैध माछा विक्रिवितरण हुदा समते चासो नदिइदिदा खुल्याम फर्मालिनको प्रयोग भएका माछा विक्रिका लागि अवैध तरिकाले नेपाल ओसारिने गरेको स्थानीयहरु बताउछन् । बेलडाँडी गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा बजार अनुगमन समिति भए पनि समितिले आफ्नो जिम्मेवारी निर्वाह नगरिदिदा स्थानीय उपभोक्ता जोखिम युक्त माछामासु खान बाध्य बन्दै गएका छन् ।

फर्मालिन एक प्रकारको विषाक्त रसायन हो । यसको प्रयोगले स्वास्थ्यमा प्रतिकूल असर पर्दछ । शवहरू सड्न नदिन फर्मालिनको प्रयोग गरिन्छ । मरेका माछालाई फर्मालिनमा डुबाएपछि ताजा जस्तै देखिन्छ । यसकारण माछामा यस्ता रसायन प्रयोग गर्ने गरिएको हो । माछा पसल बाहेक अन्य पसलमा पनि म्याद नाघेका खाद्य वस्तु फेला पर्न थालेका छन्, यसको नियन्त्रणका लागि स्थानीयस्तरमा अनुगमनलाई तीव्रता दिनुपर्ने उपभोक्ताहरुको माग रहेको छ ।

 

यस्तै पछिल्लो समयमा खुल्ला सीमा नाका हुदै अवैध बोईलर कुखुरा समेत क्वीन्टलौ नेपाल भित्रिने गरेको कुखुरा व्यवसायी बताउछन् । नेपालका कुखुरा पालक किसानलाई समस्या पर्ने गरि तस्करी हुने गरेको छ । यस्तो तस्करीले नेपाली कुखुरा माछापालक किसानहरु ठाडो मर्कामा पर्न थालेका छन् । कुखुरामा समेत विभिन्न मानव स्वास्थ्यलाई हानी पुर्याउने औषधी प्रयोग हुने गरेको उनीहरु बताउछन् ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार