बेलडाँडीमा जोशी र बिष्टको साझेदारीमा ग्यालेक्सी कम्प्युटर इन्स्टिच्युट सञ्चालनमा

बेलडाँडी,
बेलडाँडी गाउँपालिकाको मुटु चवन्नी वजारमा दुईजनाको साझेदारीमा ग्यालेक्सी कम्प्युटर इन्स्टिच्युट एण्ड कम्युनिकेसन आज देखि सञ्चालनमा आएको छ ।

 

यस क्षेत्रका विद्यार्थी र खाली बसेका युवाहरुलाई मध्य नजर गर्दै सीप सिकाउने उदेश्यका साथ बेलडाँडीका दुई होनहार युवा बेद प्रकाश जोशी र दिपेन्द्र बिष्टले ग्यालेक्सी कम्प्युटर इन्स्टिच्युट एण्ड कम्युनिकेसन सेन्टर सञ्चालनमा ल्याएका छन् ।

सोमवार देखि संचालनमा ल्याएको कम्प्युटर इन्स्टिच्युटमा आधारभूत कम्प्यूटर, आधारभूत प्लस हार्डवेयर र नेटवर्किङ, उन्नत कम्प्यूटर आवेदन, कम्प्यूटर लेखा (वाणिज्य विद्यार्थी मात्र) अफिस प्याकेज (विश्व, एक्सेल, पावर पोइन्ट, पहुँच) एडोब प्याकेज (फोटोशप, डिजाइनिङ) वेब विकास, जाभा स्क्रिप्ट, प्रोग्रामिङ भाषा, लगायतका विषयमा दक्ष प्रशिक्षकद्धारा कलास दिइने संचालन बेदप्रकाश जोशीले जानकारी गरानु भयो ।

 

उहाँका अनुसार कम्प्युटर इन्स्टिच्युट लोक सेवा, शिक्षक सेवा राष्ट्रिय परिचयपत्र पासपोर्ट लगायत सम्पुर्ण अनलाइन फारम भरिनुका साथै थीसिस र प्रस्तावना तयारी पारिदिने जनाएका छन् । उनले भने परीक्षा दिएर घरमा बसेका विद्यार्थीहरुलाई खाली समयमा सीप सिकेर लाभ दिन अनुरोध गर्नु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित