बेलडाँडी गाउँपालिकाद्वारा श्रम स्वीकृत दिने कार्य शुरू, पहिलो श्रम स्वीकृत शाहीलाई

बेलडाँडी,
कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले श्रम स्वीकृत दिन सुरु गरेको छ ।

बेलडाँडी गाउँपालिकाले अाज मंगलबारदेखि श्रम स्वीकृत तथा पुनः श्रम स्वीकृति दिन सुरु गरेको हो । वैदेशिक रोजगारमा जान चाहने स्थानीय नागरिकले पालिकाको रोजगार सेवा केन्द्रबाट श्रम स्वीकृति लिन सक्ने पालिकाले जनाएको छ ।

 

सेवा सुरु गरेकै दिन पालिकाका १ जना युवाले श्रम स्वीकृति लिएका छन् । बेलडाँडी गाउँपालिका–१, बेलडाँडीका उत्तम बहादुर शाहीले पुनःश्रम स्वीकृत लिएका हुन् ।

गाउँपालिका उपप्रमुख शान्ती नाथले श्रम स्वीकृत गर्न आएका सेवाग्राहीलाई स्वागत गरेकी थिइन् । उपप्रमुख नाथले रोजगार सेवा केन्द्रमा आवेदन गरी श्रम स्वीकृत तथा पुनः श्रम स्वीकृत लिन सकिने बताइन् ।

विगतमा श्रम स्वीकृत लिन काठमाडौं पुग्नुपर्ने बाध्यता थियो अब त्यो समस्या टरेको पालिका प्रमुख हरिश्चन्द्र रानाले बताउनु भयो । उहाँले भने विगतका दिनहरूमा काठमाडौं धाउनु पर्ने तैपनि, समयमा काम नहुने, खर्च बढी हुनेलगायतका थुप्रै समस्याबीच वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता थियो ।’ उनले भने, ‘जब सरकारले श्रमस्वीकृत स्थानीय तहबाट समेत प्रदान गर्न सकिने प्रावधान ल्यायो, त्यसै अनरूप हाम्रो पालिकाले समेत अाज बाट अाैपचारिक रूपमा काम अघि बढाएको बताए ।’

स्थानीय सरकारबाटै श्रम स्वीकृति पाएपछि बेलडाँडीका शाहीले ठूलो सुविधा पाएको बताए । ‘पहिला यो श्रम स्वीकृत लिन काठमाडौं जानुपथ्र्यो, त्यहाँ होटेलमा बस्न, आउन, जान गाडीभाडा लगायत धेरै खर्च हुन्थ्यो, ‘उनले भने, ‘खर्च भए पनि समयमा काम नहुने, विभिन्न प्राविधिक कारण देखाएर काम नगरिदिनेलगायतका धेरै समस्या झेल्नुपर्ने बाध्यता थियोे, अब घरछेउको पालिकाबाटै श्रम स्वीकृत पाउँदा निकै खुसी लागेको बताए ।’

१६ चैतमा नेपाल सरकार (प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय)को मन्त्रीस्तरीय निर्णयबाट वैदेशिक रोजगारमा जान चाहने नागरिकले सम्बन्धित स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिनुपर्ने निर्णय भएको थियो । वैदेशिक रोजगार ऐन तथा वैदेशिक रोजगार नियमावलीमा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारमा जान चाहने हरेक नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने प्रावधान छ ।

सोहीअनुरुप सरकारले स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा जोडेर विदेश जानका लागि अनलाइन आवेदन भर्न नसक्नेका लागि निःशुल्क रूपमा आवेदन भरिदिने व्यवस्थासमेत गरेको छ । स्थानीय तहबाटै श्रम स्वीकृतका सेवा सुरु भएपछि वैदेशिक रोजगारीमा जान जाहने नेपाली श्रमिकलाई सुविधा हुने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित