देशव्यापी आन्दोलन गर्दै नागरिक उन्मुक्ति पार्टी

26
VIEWS

धनगढी,

नागरिक उन्मुक्ति पार्टीले आजदेखि देशव्यापी रुपमा शशक्त आन्दोलनका कार्यक्रम अघि बढाउने निर्णय गरेको छ ।

टीकापुर घटनामा पार्टीका नेता रेश्म चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको सजाय सुनाएपछि पार्टीले आजदेखि विभिन्न चरणका आन्दोलनका कार्यक्रम अघि बढाउने जनाएको छ ।

उन्मुक्तिले बुधबार जारी गरेको विज्ञप्तीमा भनिएको छ –‘जेठ ३, ४ र ५ गते देशव्यापी राँके जुलुश, प्रदर्शनी, कोण सभाका कार्यक्रम गरिने छ र जेठ ६ देखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा रहेको छ ।’

सर्वोच्च अदालतले लाल आयोग प्रतिवेदनलाई सार्वजनिक गरिनुपर्ने र रेश्म चौधरी लगायत टीकापुर राजबन्दी रिहा हुनुपर्ने आफना माग पुरा नभएको विज्ञप्तीमा उल्लेख छ ।

‘टीकापुर राजबन्दी हत्यारा हुन भने फासिदिने ऐन बनाएर रेश्म चौधरीलाई फासि दिए हुन्छ । यदि लाल आयोग प्रतिवेदन सरकारले सार्वजनिक गरेन भने हाम्रो अर्को विकल्प छैन’ विज्ञप्तीमा भनिएको छ–‘ हामी आन्दोलन गर्न विवस हुने छौं ।’

मंगलबार न्यायाधीशद्वय डाक्टर आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले टिकापुर नरसंहारका प्रतिवादी चौधरीलाई जन्मकैद गर्ने उच्च अदालत दिपायलको फैसला सदर गरेको हो । सर्वोच्च अदालतको फैसलासँगै तत्कालीन कानुनको आधारमा प्रतिवादी चौधरीलाई २० वर्ष कैद सजाय हुनेछ ।

चौधरी २०७४ फागुन १४ गतेबाट जेलमा बसेका उनी सामान्य अवस्थामा जेलमुक्त हुन अझै १४ वर्ष जेल सजाय काट्नुपर्ने हुन्छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार