बेलडाँडी,
बेलडाँडी गाउँपालिका वडा नं.४ मा पालिका अध्यक्ष रानाको पहलमा डिमलाइट समस्या समाधान गरिएको छ ।
बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाको पहल, वडा कार्यालय र विद्युत कार्यालयको समन्वयमा वडा भित्रको डिमलाइट समस्या समाधान भएको बेलडाँडी गाउँपालिका वडा नं.४ का अध्यक्ष बीर बहादुर खडकाले जानकारी गराउनु भयो । उहाँका अनुसार वडाका विभिन्न ५ ठाउँमा ५०/५० केभीका ट्ररान्समिटर जडान भए संगै डिम लाइट समस्या समाधन भएको बताए ।
आज विहिवार वडाको कान्छी बजारमा अन्तिम ट्रान्समिटर जडान गर्दै अव वडको डिमलाइटको समस्या तत्कालका लागि टरेको बताए । गाउँपालिका अध्यक्ष लगायको टोलीले सर्वे गरे अनुसार कान्छी वजार क्षेत्रमा निकै डिमलाईटको समस्या पहिले थियो र नयाँ ट्रान्समिटरले अव त्यो समस्या हटेको वडाध्यक्ष खडकाले बताउनु भयो ।
गाउँपालिका अध्यक्ष रानाले गाउँपालिका भित्रको डिमलाइट समस्या समाधानका लागि बारम्वार विद्युत कार्यालय संग सहकार्य गर्दै आएको बताए । उनका अनुसार विद्युत कार्यालय र गाउँपालिकाको सर्बे अनुसार सबै भन्दा बढी कान्छी बजार भन्ने ठाउँमा समस्या रहेकाले त्यहाँ आज राखेको जनाए । अन्य समस्या भएका ठाउँमा समेत ट्ररान्समिटर जाडन गर्ने कार्य भइरहेको पालिका अध्यक्ष रानाले बताए ।
Discussion about this post