बेलडाँडी,
मुक्त कमैया पुनस्थापनाका लागि पालिका स्तरीय अन्तर संवाद बेलडाँडी गाउँपालिकामा शुरु भएको छ ।
मुक्त कमैया समाज जिल्ला समिति कञ्चनपुरको आयोजनामा आज विहिवार बेलडाँडी गाउँपालिकाको सभा हलमा मुक्त कमैया पुनस्र्थापनाका लागि पालिका स्तरीय अन्तर संवाद शुरु भएको बेलडाँडी गाउँपालिका अध्यक्षकाका सचिव कुलैराज उपाध्यायले जानकारी गराउनु भयो । उहाँका अनुसार उनीका समस्याका विषयमा अध्यक्ष ज्यू गम्भिर हुदै समस्या समाधानका विषमा छलफल चलेको बताए ।
मुक्त कमैया समाजका प्रदेश सदस्य लक्ष्मण रानाले समस्या समाधानका लागि विभिन्न विषयहरु पुरा गरिनिु पर्ने बताए । वहाँका अनुसार (१) मुक्त कमैयाहरूको ब्यबस्थित पुर्नःस्थापना गर्नु पर्ने । (छुट कमैया– कमलरी पहिचान, सत्ता भर्ना, पुर्जा पाएका तर जमिन नपाएका) (२) मुक्त कमैया पुर्नःस्थापना कार्य बिधि पारित गर्नुपर्ने । (३) मुक्त कमैया समुदायको सामाजिक, राजनैतिक, शैक्षिक, अभिमुखीकरण क्षमता विकासको लागि अनिवार्य रुपमा बजेट विनियोजन गर्नुपर्ने । ४) मुक्त कमैयाले संचालन गरेको क्रियाकलाप सफल पार्न स्थानिय निकाय, मुक्त कमैया समाजको सिफारिसमा मात्र संचालन गर्नुपर्ने । ५) कमैया प्राप्त गरेको जमिन बैंकमा राखी ऋण लिन पाउन सक्ने हुनुपर्ने । लगयातका माग समेत राख्दै सो विषयमा छलफल भएको थियो ।
मुक्त कमैया समाज जिल्ला अध्यक्ष राम प्रसाद रानाको अध्यक्षतामा शुरु भएको उक्त कार्यक्रमका प्रुमख अतिथि समेत रहेका बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले यी मध्ये केहि समस्याहरु छिट्टै समाधन हुने विचार व्यक्त गर्नु भयो । पालिकाले गर्नुपर्ने सम्पुर्ण कार्यका लागि पालिका पछिनहट्ने बताउदै रानाले भने पहिलेको भन्दा समस्या टरेको बताए ।
कार्यक्रममा बेलडाँडी गाउँपालिका वडा नं. २ का अध्यक्ष नारद सिंह उर्याल, मुक्त कमैया समाजका अगुवा र स्थानीयको सहभागिता रहेको थियो ।
Discussion about this post