सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री सिंहद्धारा बेलडाँडी गाउँपालिका र इप्रका कार्यालयको अनुगमन

152
VIEWS

बेलडाँडी,
नयाँ आर्थिक बर्षका लागि प्रदेश स्तरीय योजना छनौट प्रक्रिया चलिरहदा सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंहद्धारा बेलडाँडी गाउँपालिका कार्यालय र ईलाका प्रहरी कार्यालय बेलडाँडीको अनुगमन गरेका छन् ।

 

बेलडाँका समस्याका बारेमा बुझन प्रदेश सदस्य द्वय दिवान सिंह बिष्ट र मेघराज खडकाको टोलीसंग आएका कानुन मन्त्री सिंहले बेलडाँडीका प्रदेश स्तरबाट समाधान हुने योजनाहरु पुरा गर्ने बताएका छन् । आज बेलडाँडी गाउँपालिकाको सभाहलमा पालिका प्रमुख हरिशचन्द्र रानाले स्वागत गर्दै बेलडाँडीका जल्दाबल्दा समस्या समाधानका लागि आग्रह गरेका थिए ।

प्रदेश सभा सदस्य बिष्टको पहलमा बेलडाँडी पुगेका आन्तरिक मामिला तथा कानुन मन्त्री सिंहले बेलडाँडी विकासका लागि सक्दो पर्यास् गर्ने आसवासन दिए ।

यस्तै बेलडाँडी इलका प्रहरी कार्यालयको अनुगमन गर्दै मन्त्री सिंहले ग्रामिण क्षेत्रका प्रहरीले भोग्नु परेको चुनौती र समस्याका बारेमा बुझेका थिए । बेलडाँडी इलाका प्रहरी कार्यालका प्रमुख प्रहरी निरीक्षक पुस्कर पन्तले प्रहरीलाई गस्ती गर्न गाडीको समस्या भएको जनाए । यस्तै उनले भने ” डोकेवजार देखि हुलाकी सडक हुदै दैजी सम्म सिसी क्यामरा जडान गरे शान्ती सुरक्षा र अपराधन नियन्त्रण गर्नमा ठुलो सहयोग हुने बताए ।” जवाफमा मन्त्री सिंहले त्यसको बिषमा छलफलका माध्यमबाट टुङ्ग्याउने आसवासन दिए । इलाका प्रहरी कार्यालयले सलामी दिदै स्वागत गरेका थिए ।

 

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार