सिद्धनाथ आधारभूत विद्यालय हात्तीथलामा दुई दिने जन श्रमदान कार्यक्रम सुरु

प्रकाश भट्ट/कञ्चनपुर,

वेदकोट नगरपालिका ०१ हात्तीथला स्थित रहेको सिद्धनाथ आधारभूत विद्यालयमा दुई दिने जन श्रमदान कार्यक्रम सुरु भएको छ।

 

उक्त कार्यक्रममा वेदकोट नगरपालिका ०१ का अध्यक्ष रमेश सिह भण्डारी, वडा सदस्य धन बहादुर खडायत लगायत सम्पूर्ण अभिभावकहरूको सहभागिता रहने सिद्धनाथ आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष डी.बि धामीले बताउनु भयो।

 

उनले भने ‘दुई दिने यस श्रमदान कार्यक्रममा हामीले विद्यालय भवनको पेटी निर्माण, विद्यालय वरपर सरसफाइ तथा कक्षाकोठा सरसफाइ गर्ने छौ।’

 

साथै विद्यालयका व्यवस्थापन समिति अध्यक्ष धामीले समाजसेवी, बुद्धिजीवी एवम् शिक्षा प्रेमीहरूमा उक्त कार्यक्रममा सहभागि हुन आह्वान समेत गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित