कञ्चनपुर,
सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दिक्षान्त समारोह सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमका विच विश्वविद्यायले १५ सय ५८ जना विद्यार्थीलाई दिक्षित गरेको छ । कञ्चनपुरको बेलडाँडीकी जेहेन्दार उत्कृष्ठ छात्रा हिरा कलौनीलाई गोल्डमेडल पं्राप्त भएको छ । ०७०सालमा एलएलसी र ०७२सालमा प्रविणता प्रमाण पत्र तह उर्तिण गरेर कलौनी स्नातक अध्ययनका लागि सुप विश्वविद्यालय केन्द्रीय क्याम्पसमा भर्ना भएकी थिईन । रौलेश्वरी माध्यामिक विद्यालयकी पुर्व छात्रा कलौनीलाई विश्वविद्यालयले गोल्डमेडल प्रदान गरेको छ । अग्रेजी विषयमा स्नातक गरेकी कलौनीलाई कुलपति समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवाले गोल्डमेडल प्रदान गर्दै दिक्षित गरेका छन ।
Discussion about this post