बेलडाँडी,
कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नं.२ को कालिकिच ताल छेउको बस्तीमा स्थानीयले सरसफाई गरेका छन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज संगजोडिएको क्याम्प गौडी टोलका स्थानीयले सडकको छेउछाउमा उर्मिएका गाजाकाबोट, झारपात नष्ट गर्दै सरसफाई गरेका छन् ।
कञ्चन सामुदायिक विकास केन्द्रसंग आवद्ध सामुदायिक शुभदिन समुह र समुदायका सबै स्थानीय मलि बेलडाँडी २ शुक्लाफाँटा निकुञ्जसंग जोडिएको गौंडी क्याम्प टोलमा बाटोमा भरिएको झाडपात गाँजाका बोटहरू फडानि गर्दै सफाइ गरिएको कञ्चन सामुदायिक विकास केन्द्रले जानकारी गराएको छ ।
विकास केन्द्रकी समाजिक परिचालक गिता राना क्षेत्रीका अनुसार निकुञ्ज नजिक भएकाले जंगली जनावर सडक किनारमा उर्मिएको झाडमा सजिलै लुग्न सक्ने र विभिन्न क्षतिपुर्याउने हुनाले सरसफाई गरिएको बताए ।
हाम्रो बस्ती प्राकृतिक ताल कालिकित ताल संग जोडिएकाले पर्यटकहरुलाई समेत ताल जान सजिलो हुने बताए । पछिल्लो समयमा कञ्चन सामुदायिक विकास केन्द्रले आफ्नो कार्यक्षेत्र भित्र सरसफाईमा जोड दिदै आएको छ । मुनाफा रहित यो संस्थाले बेलडाँडी र बेलौरीका केहि वडामा २०७० साल देखि निरन्तर समाजिक कार्य गर्दै आएको छ ।
पछिल्लो समय देखि यस सस्थाले समुह र समुदायमा स्थानीय बिउ संरक्षण र घरबगैचा सम्बन्धी छलफल तथा अन्तरक्रिया गर्दै अाएको छ । वडा मार्फत प्राप्त हुने सेवा सुविधा र सिमान्तकृत समुदायको हक हितको लागि समेत काम गर्ने गरेको छ ।
Discussion about this post