बेलडाँडी,
कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा हुने बेथितिका विरुद्ध भण्डाफोर गरिने भएको छ ।
चालु आर्थिक वर्षमा पत्रपत्रिका शीर्षकमा विनियोजन गरेको रु. २० लाख रकम मनोमानी तरिकाले खर्च गरेको भन्दै सचेत युवाहरू सक्रिय हुँदै पालिकाबाट हुने बेथितिका विरूद्ध अान्दोलित भएका हुन् ।
२० लाख रकम मध्ये अधिकांश रकम त कहिले पनि नामै नसुनिएका, प्रकाशन प्रसारण नै नहुने, बेलडाँडीमा कुनै भूमिका निर्वाह नगर्ने र गोप्य रूपमा लुट्नकै लागि खोलिएका मिडियाहरूमा खर्च गरेको हुन सक्ने अासंका गर्दै युवा जागर अभियान चलाएको नेपाली कांग्रेसका सचेत युवा नेता चेत बहादुर शाहले बताउनु भयो ।
शाहका अनुसार उक्त रकम कुन प्रक्रिया बाट खर्च गरेको हो र नामै नसुनेका मिडियालाई कसरी विज्ञापन दिईयो, भन्दै सामाजिक संजाल यति बेला तातेकाले सत्यतथ्य के हो भन्दै विभिन्न विषयमा पालिकामा सूचना मागेको बताए ।
बेलडाँडीबाटै सञ्चालनमा रहेका बेलाडाडी समृद्धका लागि रातदिन बेलडाँडीका सूचना, समाचार बाहिर ल्याउने भुमिका निर्वाह गर्ने मिडियाहरूबाट सार्वजनिक सरोकारका सूचना, सन्देश सम्प्रेषण गर्नुपर्नमा जोड दिदै अन्यमा यत्रो रकम खर्च कसरी भयो भन्दै आम नागरिक चकित भएका छन् । बेलडाँडीमै दर्ता भएका मिडियाले बेलडाँडीको हितका बारेमा कतिको स लेखे भन्ने विषयमन समेत व्यापक अालोचना हुन थालेको छ ।
यति बेला सामाजिक संजाल मिडियामा खर्च भएको विषयलाई लिएर निकैलतातेको छ । जनप्रतिनिधि र कर्मचारीका गल्ती ढाकछोप गराउन मिडियामा अनावश्यक खर्च गरेको हो कि भन्दै जनजनले प्रश्न गरिरहेका छन् ।
बेलडाँडीका सचेत युवा चेत बहादुर शाहको नेतृत्वमा बुधबार गाउँपालिकामा गएको युवा टोलिले गाउँपालिका अन्तर्गतका सरकारी गाडीहरूमा भएको इन्धन खर्च, जनप्रतिनिधि र कर्मचारीमा गरिएको इन्धन खर्च र मिडियामा भएको खर्च विवरण माग गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गरी पेस गरिएको उक्त निवेदनमा प्रमुख प्रशासकीय अधिकृतले सूचना अधिकारीलाई सूचनाको विवरण दिनु भनी तोक लगाएका छन् । तर सूचना अधिकारी भने बिदामा रहेको बुझिएको छ । युवा टोलिले गाउँपालिकाका अध्यक्ष हरिश चन्द्र राना सहित अन्य जनप्रतिनिधिहरूसँग समेत भेटघाट गरी खबरदारी गरेको जनाईएको छ ।
बेलडाँडी गाउँपालिकाले पत्रपत्रिकामा सूचना विज्ञापन प्रकाशितका लागि यो पालि २० लाख बिनियोजन गरेको छ । देश भर पत्रकारहरूलाई घुस भन्दा नि राज्यले कुनै पनि सार्वजनिक सूचना प्रकाशित गर्दा अनिवार्य पत्रपत्रिकामा छाप्नु पर्ने प्रावधान छ ।
पत्रपत्रिकामा नछापिएरै कुनै त्यस्तो महत्त्वपूर्ण विज्ञापन निकालियो भने त्यो अवैध हो भन्ने कानुनी व्यवस्था छ ।
त्यसै कामका लागि देशभरका पालिका,लगायत सरकारी गैरसरकारी संघ संस्थाहरूले समेत पत्रपत्रिका भन्ने शिर्षकमा बजेट छुट्याउदै अाएका छन् ।
त्यसै अनरूप बेलडाँडी गाउँपालिकाले पनि बजेट विनियोजन गरेको छ । कार्यालयले दिएको अनुमानि अनुसार विज्ञापन प्रकाशित गरेको हुनुपर्छ । बेलडाँडीमा पत्रपत्रिका बाहेक अन्य शिर्षकमा समेत ठुला मिडियाहरूलाई रकम गएको र धेरै मिडियाहरूको नाम गोप्य राखिएको अासंका गरिएको छ ।
Discussion about this post