विज्ञापन

अढाई दशकदेखि बेलडाँडीको हजारौँ विगाह उर्बरा जमिन बाँझै

29
VIEWS

बेलडाँडी,
कञ्चनपुरको बेलडाँडीमा दशकौँदेखि हजारौँ विगाह उर्बरा जमिन बाँझै रहेको छ । बेलडाँडी गाँउपालिका १ नम्बर वडादेखि ५ सम्मपुरै वडामा करिब ३ हजार बढि भन्दा जमिन बाँझै रहेको छ ।

राज्यले बाँझो जमिन नराख्ने नीति र सरकारले त झन बाँझो जमिन राख्नेलाई कार्बाही नै गर्ने योजना अघि सारेका बेला राज्यको नीति र सरकारको योजना दुवैलाई बेलडाँडीको जमिनको जिस्काईरहेको छ । ०५५ सालदेखि महाकाली सिचाँई दोस्रो चरणको नहर निर्माण भएसंगै सिपेरका कारण उर्बराजमिन बगर र सिमसारमा परिणत भएको छ ।

नेपाल कृषि प्रधान देश भन्ने तर कृषिका लागि गोल्डन रहेको जमिन पुर्नरुत्पादनका लागि सरकारी निकायबाट पहल भएको छैन । देशका तीन सरकार कृयाशिल छन । तीनै सरकारको प्राथमिकता कृषि भएपनि कुनैपनि सरकारबाट सीमसारमा परिणत भएको जमिन पुर्नरुत्पादनमा झिनो पहल भएको छैन । कृषि क्रान्ति, कृषिमा आमुल परिर्वतन गर्ने ठुल ठुला नाराभाषणबाजीदेखि योजना बारे तार तारे होटलमा सरकारी बजेट दोहन गरेपनि यस्ता उर्बराभूमि पुर्नरुत्पादनको काममा कसैले चासो दिएको छैन ।

बेलडाँडीको पुर्वमा झर्नाखोला र पश्चिममा चौधर नदी सहितको खोला नालाका कारण पनि जमिन दलदलमा परिणत हुँदै आएको छ ।  उत्पादन हुने भूमि नै सिमसारमा परिणत भएपछि स्थानीय जमिनधनी विदेशी बाध्य पनि भएका छन । बेलडाँडी ५ झिलमिलाका स्थानीय महेश थापाले नहर निर्माण भएदेखि नहरको पानी चुहिएर पुरै खेतमा जाने भएकाले उर्बराभूमि सिमसारणमा परिणत भएको बताए ।

‘मेरो एक विगाह जमिन छ, ‘उनले भने, ‘खेतियोग्य नभएपछि गुजारा चलाउन विदेशीएको छु ।’ ०५५ साल अघि उर्बराभूमिमा धान, मसुर लगायतका अन्नबाली लगाउने गरेपनि खेत सिमसारणमा परिणत भएपछि विदेशीएको बताए । बेलडाँडी ४ बैवाहका स्थानीय मिना रोकायाले भएको खेत सिमसारमा परिणत भएपछि घाँस काट्न बाहेक अन्य कुनै कामकाजका लागि नभएको बताए । ‘पहिले हाम्रै खेतमा राम्रो उत्पादन हुन्थ्यो, ‘उनले भनिन, ‘अहिले खेत दलदलमा परिणत भएको छ, छेउछाउ बाहेक अन्यमा खेती नै हुँदैन ।’

बेलडाँडी ३ खैरिघाटका नरेन्द्र सिहले सिमसार व्यवस्थापन नहुँदा किसानलाई निकै समस्या खेप्नु परेको बताए । ‘जमिन छ, जमिन भएर के गर्ने, ‘उनले भने, ‘भएको खेत पनि बाँझै राख्नुपर्ने बाध्यता छ, दलदल खेतमा खेती गर्न सकिदैन ।’ बेलडाँडी २ चवन्नी खल्लाका स्थानीय रमेश रानाले खेत सिमसारणमा परिणत भएपछि अन्न किनेरै गुजारा चलाईरहेको बताए । ‘विगतमा मेरो परिवार आफ्नै खेतमा उत्पादन भएको अन्नबालीले घरमा खान पुग्थ्यो, ‘उनले भने, ‘अहिले खेत बाँझै भएकाले किनेर खान्छौँ ।’

बेलडाँडी गाँउपालिका १ झिलमिलाबस्तीका जनजाली चन्द पनि भएको खेत सिमसारमा परिणत भएपछि विदेशीन बाध्य भएका छन । कुनैबेला जनजाली परिवार जमिन भएकै कारण गाँउमा सेट जीकै रुपमा परिचित थिए,तर भएको जमिन दलदलमा परिणत भएपनि जनजालीका दाजुभाई पनि विदेशीका छन ।

स्थानीय गोपाल ठगुन्नाले १ नम्बर वडामै एक हजार भन्दा बढि विगाह जमिन बाँझै रहेको बताए । ‘बेलडाँडीको आधा जति जमिन दलदलमा परिणत भएको छ, ‘उनले भने, ‘मेसिनबाट पानीको निकास हुँदैन, मानविय श्रमशक्ति लगाएरै भएपनि पानीको निकास गर्नुपर्छ ।’ उनले बेलडाँडीको दक्षिणमा रहेका किसानले त्यही बराबर रहेको खेतमा नगदे बाली लगाएर बार्षिक लाखौँ आम्दानी गरेपनि बेलडाँडीका किसानले बाँझो जमिन हेरैरे चिन्त बुझाईरहेका छन ।

राजनीतिक दलहरुले बेलडाँडीको सीमसार जमिन पुर्नरुत्पादनको एजेण्डा हरेक चुनावमा अघि सारेपनि चुनाव जितेपछि भुल्ने प्रवृतिले कृषियोग्य भूमिको सदुपयोग हुन सकेको छैन । स्थानीय, प्रदेश र संघीय चुनावमा उठने दलका नेता कार्यकर्ताहरुले चुनाव जित्नकै लागि उक्त एजेण्डा अघि सारेपनि चुनाव जितेपछि वास्ता नै नराख्दा उर्बरा जमिन जलायसमा परिणत भएको छ ।

कृषिलाई प्राथमिकतामा राखेको प्रदेश र संघीय सरकारले बेलडाँडीको उर्बरा जमिन पुर्नरुत्पादनमा ध्यान दिएको छैन । बेलडाँडीका स्थानीय दिनेश ठगुराठीले कृषि क्रान्तिका नाममा कृषिमा क्रान्ति गछौँ भन्ने प्रदेश र संघीय सरकारको ध्यान मात्रै होईन चासो समेन नदिएको बताए ।  ‘जहाँ कमिसन पाईन्छ, त्यही योजना हाल्छन, ‘उनले भने, ‘प्रदेश र संघीय सरकारलाई यस्ता जमिनको चिन्ता छैन, आफन्तलाई अनुदान पोस्नदेखि कृषिमा नामामा नक्कली काम गर्नेलाई बजेट दिन्छन, कर्मचारीलाई पनि यस्तै कहाँ बढि कमिसन त्यहीको योजना कार्यान्वयन गर्छन ।’

झण्डै २५ बर्षदेखि बेलडाँडी पुरै वडाको हजारौँ विगाह जमिन सिमसारणमा परिणत भएसंगै स्थानीय विदेशीन बाध्यदेखि कृषिको विकाससंगै देशकै कुल ग्राह्यर्थ उत्पादनमा प्रभाव परेको छ । जसका कारण अर्थतन्त्रमा समेत नकारात्मक असर पर्दै आएको छ । बेलडाँडी नव स्थानीय सरकारले दलदलमा परिणत भएको जमिन पुर्नरुत्पादनका लागि योजना अघि सारेको जनाएको छ ।

बेलडाँडीका प्रंवक्ता गज बहादुर विष्टले गाँउपालिका १ देखि ५ पुरै वडाको सिमसारमा परिणत भएको जमिन पुर्नरुत्पादन गरिने बताए । ‘हामी निर्वाचित भएपछि पहिलो कार्यपालिका बैठकबाट सीमसार व्यवस्थापनका लागि डिपिआर तयार पारेर खेतीयोग्य जमिन बनाउँछौँ ।’  किसानको जमिनलाई खेतीयोग्यमा परिणत गर्नका लागि गुरु योजना नै बनाएर अघि बढने बताए । किसानलाई आत्मनिर्भर बन्नदेखि आर्थिक विकासका लागि कृषि नै मुल आधार भएकाले बेलडाँडीको जमिनले स्थानीय मात्र नभई देश प्रदेशकै विकासमा योगदान पु¥याउने छ । यस्तो जमिनमा सिधै सरकारले चासो दिएर स्थानीयलाई कृषि उत्पादनमा जोड्नुपर्ने स्थानीयले आग्रह गरेका छन

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार