सुदूरपश्चिम प्रदेश सरकारले कमजोरी सच्याएर अगाडी बढ्नुपर्छ ः प्रदेश सांसाद थापा

27
VIEWS

महेन्द्रनगर,

सुदूरपश्चिम प्रदेश सरकारका सांसद बहादुर सिंह थापाले प्रदेश सरकारले विगतका कमीकमजोरीहरुलाई सच्याएर अगाडी बढ्नुपर्ने बताएका छन् ।

मंगलबार प्रदेशसभालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । ‘विगतका कतिपय कमजोरीहरुलाई हामी सबैले सच्याएर अगाडी बढ्नपर्छ, प्रदेशको विकासका लागि सबै एकजुट हुन जरुरी छ ।’

थापाले भने, ‘हाम्रा लागि पहिलो कार्यकाल अनुभव लिने कार्यकालका रुपमा रहेको थियो, अब प्रदेश सभाले गर्नुपर्ने कामहरुमा हामीले पहिलेका कमिकमजोरीहरुलाई दोहोरिन दिन हुँदौन ।’ अब अर्थतन्त्र कमजोर भएपनि हामीले आफुले गर्नुपर्ने विकास निर्माणका कामलाई निरन्तर रुपमा अगाडी बढाउनपर्छ ।

उनले जनतामा आईरहेको निराशालाई तोड्ने गरि पुराना राजनितिक दलका निर्वाचित जनप्रतिनिधिले काम गर्नुपने कुरामा जोड दिए । उनले भने, ‘हामीले देशलाई सहि गतिमा अगाडी बढाउन सक्नपर्छ, जनतामा आईरहेको निरासालाई तोड्न जरुरी छ ।’

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार