कञ्चनपुर,
कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रका महिला एव महिला जनप्रतिनिधीलाई क्षमता अभिबृद्धि तालिम दिईएको छ ।
भीमदत्त नगरपालिकामा गत शुक्रबारदेखि शुरु भएको महिलाको क्षमता अभिबृद्धि तालिम समापन भएको हो ।बुधबार एक कार्यक्रमका विच तालिम समापन गरिएको आयोजकले जनाएको छ ।
आर्दश महिला समाज नेपालको आयोजना एव टेवा संस्थाको आर्थिक सहयोगमा ज्ञान निर्माण तथा सुचनाको हक सम्बन्धी महिलाका लागि अभिमुखिकरण तालिम संचालन गरिएको थियो ।
भीमदत्त नगरका महिला जनप्रनिधी र सामुदायिक सुरक्षा जालो समितिका पदाधिकारी महिलाको क्षमता विस्तारका लागि तालिम संचालन गरिएको हो ।
आर्दश महिला समाज नेपालका अध्यक्ष माया नेगीले संविधानमा व्यवस्था भएको महिलाको हक अधिकार कार्यान्वयनका लागि महिला र महिला जनप्रतिनिधीका लागि उक्त तालिम संचालन गरिएको बताईन । अध्यक्ष नेगीले भीमदत्त नगरभरीकै सबै वडामा तालिम संचालन गरिएको छ ।
‘हामीले सिप्ट सिप्टमा तालिम संचालन गरेका हौँ, ‘अध्यक्ष नेगीले भनिन, ‘पहिलो चरण सकेपछि थप चरण चरणमा तालिम संचालन गरेका हौँ ।’ तालिममा सहभागिहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ। सहभागिहरुले तालिममा थुप्रै विषयबस्तु जानकारी पाएको व्यवहारिक रुपमा कार्यान्वयमा जोडदिएका छन । तालिमा महिला जनप्रतिनिधीसहित ९०जनाको सहभागिता रहेको थियो ।
उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी भीमदत्त नगरपालिका उपप्रमुख निलम लेखकले महिलाको हक अधिकार क्षमता विस्तारका कार्यक्तम आगामी दिनमा समेत संचालनका लागि आवश्यक सहयोग गर्ने आश्वासन दिएकी थिईन ।
शिक्षक समेत रहेका प्रजापती नेगी, पत्रकार महासंघ कञ्चनपुरका निर्वतमान अध्यक्ष विष्णूदत्त अवस्थी प्रशिक्षक रहेका थिए । समापन कार्यक्रममा भीमदत्त नगरपालिका १३ का वडाध्यक्ष राम बहादुर बोहरा(झक्कास)ले महिलाका लागि थप कार्यक्रम ल्याउनुपर्नेमा जोडदिईन ।
Discussion about this post