बेलडाँडी १५ सैया अस्पताल निर्माणका क्रममा विस्थापितहरुद्धारा आफुहरुको व्यवस्थापन गरिदिन माग

157
VIEWS

बेलडाँडी,
कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा पन्ध्र सैया अस्पताल निर्माणका क्रममा विस्थापितहरूद्वारा आफुहरुको व्यवस्थापन गरिदिन माग गर्दै आएका छन् ।

 

विगत लामो समय देखि आफुहरुले चलनभोग गरेको जमिनमा पालिकाले १५ सैया अस्पतालका लागि जग्गा खालि गराएपछि उनीहरु विस्तापित भएका थिए ।

 

पालिकाले सो जग्गामा बस्दै आएका ९ परिवार मध्ये २ परिवार सुकुम्वासी रहेको भन्दै दुई परिवारलाई अर्को व्यवस्था नभए सम्मका लागि अन्त व्यवस्था गरेको र हामी विस्तापित हरुलाई पनि त्यसरी नै व्यवस्थापन गरिदिन उनीहरुले माग गरेका छन् ।

सो क्षेत्रबाट विस्तापित भएका भैरव सिंह बिष्टले भने पालिकाले हामीहरुको व्यवस्थापन गरिदिनु पर्ने माग बारम्वार राख्दै आएको बताए । उनका अनुसार आफुहरुले लामो समय देखि उक्त क्षेत्रमा बसोबास गर्दै आएको बताउदै उनी २ परिवार जस्तै हामी ७ परिवारको समेत व्यवस्थापनका लागि माग गर्दै आएको जनाएका छन् ।

 

उनीहरुले गरेको मागको विषयमा छलफलमा ल्याउने पालिकाले जनाएको छ । पालिकाले सबै मध्ये २ परिवार भूमिहनि सुकुम्वासी भएको जनाउदै उनी दुई परिवारलाई तत्काल बस्ने घरको व्यवस्थापन गरिदिएको छ ।

केहि महिना पुर्व पालिकाले पटक-पटक ठाउँ खालीको पत्राचार गर्दा समेत कसैले वास्ता नगरेपछि पालिका डोजर चलाउन बाध्य भएको थियो । सो क्षेत्रमा अहिले १५ सैया अस्पतालको कार्य धमाधम भइरहेको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार