बेलडाँडी,
कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीमा रहेका मोडेल चाइल्ड केयर बोर्डिङ स्कुल र गणेश मा.वि. भुर्षा मोहनपुरमा जिल्ला शिक्षा कार्यालयको टोलीले अनुगमन गरेको छ ।
विहिवार अनुगमनका क्रममा थुप्रै मापदण्ड पुरागर्नुपर्ने सुझाव दिएको अनुगमन टोलीले जनाएको छ । मोडेल चाइल्डले खानेपानी, भौतिक संरचना, भर्ना फिसलिदा अभिभावक संगको सहकार्य लगायतका थुप्रै समस्या देखिएकोले ती समस्या समाधान गर्न सुझाव दिएको शिक्षा कार्यालयबाट खटिआएका विनी राजेन्द्र भट्टले जानकारी गराउनु भयो ।
उनका अनुसार सतप्रतिशत मापदण्ड कुनै पनि विद्यालयमा नपुगेको बताए । हिजो बेलडाँडीका दुई विद्यालय र पुनर्वासका विद्यालयको अनुगमन गरिएको थियो ।
यसरी शिक्ष कार्यालय लगायत सम्वन्धित निकायले ताकेता गर्ने हो भने विद्यालयहरुले गर्ने मनपरीमा कमी आउने स्थानीय बताउछन् । आफुखुसी निजि विद्यालयहरुले विभिन्न बहानामा शुल्क लिन थालेको स्थानीहरुको पुरानै गुनासो छ ।
बेलडाँडीका केहि विद्यालयले मात्र शुल्क अनुसारको सेवा दिएको पाइन्छ । “अरुले यति लियो हामीले पनि यति लिनुपर्छ, भन्नु भन्दा पनि उसले शैक्षिक सुधारका कार्यक्रम यस्ता गरेको छ हामीले झिन यस्तो गर्नुपर्छ भनि प्रतिशपर्धा हुनुपर्ने अभिभावकको भनाई छ ।”
केहि दिन पहिला स्थानीय सरकारले गरेका निर्णयको अवज्ञा भन्ने समाचार माध्यममा समाचार आएपछि अनुगमन गरिएको थियो ।
Discussion about this post