बेलडाँडी,
कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका देखि शिवनर झिलमिला जाने मुल नहर डाडा गौडीमा गए राती फुट्दा ठुलो क्षति भएको छ ।
सनिवार राती नशामा रहेका चौकिदारहरुले पानी कति पठाउने भन्ने थाँहा नपाएपछि पानी नहरको क्षमता भन्दा बढी भई फुटेको छ । रोपाईको मुखमै रहेका इमलयिा, झिलमिला, बैवाह, भुडा,शिवनरका लगायतका किसानहरुलाई समस्या हुने भएको छ । नहर फुट्दा लाखौको क्षति भएको छ । नहरले पानी धान्न नसक्दा पानी यताउता छल्कीदै जादा भत्केको हुन सक्ने स्थानीयको भनाइ छ ।
स्थानीयका अनुसार ओभर भएको पानी शुरुमा घर भित्र पस्यो पछि पानीले आफ्नो बाटो बनाउदै फेरी घुमेर नहरमै गएको बताए । गाउँलेहरु राती चौकीदार खोज्दै चोकिदारका घर आएर मुल ठाउँबाट पानी बन्द गर्न लगाउदा अहिले भत्कीने कार्य कम भएको छ । बेलडाँडी डाडा र खल्ला क्षेत्र छुट्टीने ठाउँमा भत्केको हो ।
यस विषयमा बुझ महाकाली सिंचाई दितिय चरण क्षेत्रीय समितिका अध्यक्ष गोपाल कुँवरलाई सम्पर्क गर्दा उनले फोन उठाएनन् ।
Discussion about this post