अरनिको इंग्लिस स्कुलले मनायो ५० औं विश्व वातावरण दिवस

12
VIEWS

प्रकाश भट्ट, कञ्चनपुर-

कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ३ भम्का स्थित रहेको अरनिको इंग्लिस स्कुलले ५० औं विश्व वातावरण दिवस मनाएको छ ।

विद्यालयले गाउँमा जनचेतना मूलक प्रभात फेरी तथा विद्यालयमा सरसफाइ गरी ५० औं विश्व वातावरण दिवस मनाएको विद्यालयका एम.डी देवराज जोशीले बताउनुभयो ।

विश्व वातावरण दिवस विश्व पर्यावरण प्रति वैश्विक स्तरमा राजनीतिक र समाजिक जागृति ल्याउने उद्देश्ले संयुक्त राष्ट्रको आह्वानमा सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । विश्व वातावरण दिवस हरेक जुन ५ तारिखका दिन मनाइदै आइरहेको छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार