निर्धारित समय को पालनानै र्गदैन्न प्रदेश सभा सदस्य

 

सुदूरपश्चिम प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल हुँदै गर्दा दुई जनाको सभामुख भीमबहादुर भण्डारीले माइक काँटे । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावल र नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टको सभामा बोल्दाबोल्दै सभामुख भण्डारीले माइक काँटेका हुन् ।

 

सभामुख भण्डारीले नेता रावललाई समय नतोकेपनि दुई पटक सुझाव सक्न आग्रह गरे । त्यसैमा रावलले थप सुझाव रहेको भन्दै गर्दा सभामुख भण्डारीले माइक काँटेपनि उनको भाषण जारी रह्यो । सभामुख भण्डारीले माइक काटेको एक मिनेटपछि रावलले आफ्नो भाषण बन्द गरेका हुन ।सभामा दोस्रो पटक भाग लिएका मेखराज खडकाले समयमै आफना कुरा व्यक्त गरे पनि नेकपा माओवादी केन्द्रका खगराज भट्टले सभामा भाग लिदैं निर्धारित समयको पालना गर्न सुझाव दिएका थिय ।

 

तर, उनैलाई दिईएको १५ मिनेट भन्दा बढी बोल्दा सभामुख भण्डारीले माइक काटिदिएका थिय यो पहिलो पटक भने होइन । सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन चलिरहँदा सभामुखले निर्धारण गरेको समयमा भन्दा बढी समय लिएपछि सभामुख भण्डारीले माइक काटिरहेका थिए ।संसदीय दलका नेता भट्टले नीति तथा कार्यक्रमको छलफलमा भने –‘हामिहरुले नै संसदीय मर्यादातालाई कायम राखौँ। केही दिन यता सभामुखले तोकेको निर्धारित समयभन्दा बढी समय हामी सभामा बोल्छौं ।

 

यसको मर्यादाता बुझौं । तोकिएको समयको पालना गरौं ।’ भनेपनि उनैले निर्धारित समयभन्दा बढी बोल्दा माइक काटिएको थियो । उनलाई सभामुखले १५ मिनेटको समय दिएका थिए भने उनले उनले दिएको समय भन्दा बढी बोल्दा सभामुख भण्डारीले माइक काटेका थिए । सभामुख भणडरीले माइक काटेको यो पहिलो घटना होइन । शुन्य तथा विशेष समयमा बोल्दा सभामुख भण्डारीले पटक–पटक माइक काटेका थिए । त्यसैलाइ समर्थन गर्दा भट्टले तोकेको समयभन्दा बढी लिँदा माइक काटिएको थियो । त्यसअघि रावललाई समय नतोकिएपनि दुई पटक सभामुख भण्डारीले समय सक्न जानकारी गराए ता पनि । रावलले बोली जारी राखेपछि सभामुख भण्डारी माइक काट्न बाँध्य भए ।

 

सभामुख भण्डारी भन्छन् –‘निर्धारित समय कार्य परामर्श समिति बैठकमै निर्धारण हुन्छन् । हामीले त सभामा सचेत गराउने हो । अब बढी समय लिए माइक त काट्नै पर्यो ।’निर्धारित समयभन्दा बढी बोल्दा पटकपटक माइक काटिएका छन् । यसमा हामी प्रदेश सभा सदस्यहरुले सुधार गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित