गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै आज सुदूरपश्चिम बन्द

49
VIEWS

धनगढी,

कैलालीस्थित गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै आज (आइतवार) सुदूरपश्चिम बन्द गरिएको छ ।

गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आइतवार सुदूरपश्चिममा आमहड्तालको घोषणा गरिए अनुसार आज बन्द गरिएको छ ।

स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डेय ‘आगो’ले आइतवार सुदूरपश्चिम पूर्ण रुपमा ठप्प हुने बताए।

उनले यातायात व्यवसायी, राजनीतिक दल, व्यापारीहरुले पनि सहयोग गर्ने बताएका छन्। संघर्ष समितिका संयोजक ‘आगो’ले आइतवार बिहान ८ देखि साँझ ६ बजेसम्म सुदूरपश्चिम प्रदेशका शैक्षिक, वित्तीयलगायतका संघ/संस्था तथा कलकारखाना, व्यापार र यातायात पूर्ण रुपमा बन्द गरिने बताए

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार