बेलडाँडी,
बेलडाँडी गाउँपालिका वडा नं.१ मा बस्दै आएका भुपु सशस्त्र प्रहरी निरीक्षक नारायण सिंह ठगुन्नाले कांग्रेस परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।
हिजो सोमवार उनले एक विज्ञप्ती जारीगर्दै नेपाली कांग्रेस परित्याग गरेको घोषण गरेका हुन । उनले कांग्रेस छोडे संगै स्वतन्त्र पार्टी प्रवेश गरेको पार्टीका नेता तेज सिंह धामीले जानकारी गराउनु भयो । उनका अनुसार हिजो नारायण सिंह ठगुन्ना र उनकै छिमेकी शंकर खत्री लगायतले हिजो पार्टी प्रवेश गरेको जनाए । स्वतन्त्र पार्टीका नेताहरुले उनलाई पार्टी प्रवेश गराएर स्वागत गरेका थिए ।
ठगुन्नाले लामो समय नेपाल प्रहरी हुदै सशस्त्र प्रहरीमा सेवा गरि अवकास आएबाट कांग्रेसको क्रियाशिल सदस्य भइ काम गर्दै आएका थिए । उनी हाल बेलडाँडी खेलकुद समितिका अध्यक्ष समेत हुन । ठगुन्ना समाजका भद्र जानेमाने मान्छे हुन । उनले समाजिक कार्यमा सर्यौ इमान्दारिता कार्यहरु गर्दै आएका थिए ।
पछिल्लो समयमा स्वतन्त्र पार्टीमा प्रवेश गर्नेको लर्को लागेको छ ।
Discussion about this post