सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

सुदूरपश्चिमको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।सभामुख भिमबहादुर भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका छन ।

‘हुन्छ भन्ने माननिय सदस्यहरुभन्दा हुन्न भन्ने माननिय सदस्यको संख्या न्यून देखिएकोले प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्दछु’ सभामुख भण्डारी यसअघि सभामा भाग लिदै प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मानसखण्ड र खप्तड सम्मेलनले सुदूरपश्चिमका पर्यटकीय तथा धार्मिक क्षेत्रको पहिचान गर्न सहज भएको पनिजानकारी गराएका छन ।

सिकलसेलको निःशूल्क परिक्षण तथा उपचार हुनुपर्छ भनेर सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको समेत उनले जानकारी दिईएका छन । उनले केही स्थानमा उपकरण विग्रदा परिक्षणमा समस्यामा भएको बताए ।

उनले उर्जा क्षेत्रलाई विशेष महत्व दिएर काठमाडौंमा रहेका विज्ञहरुसंग छलफल चलाएको समेत बताए का छन । उनले उर्जा क्षेत्रलाई अगाडि बढाउन चाहेको बताए । उनले भने –‘नीजि क्षेत्र, संघिय तथा स्थानीय तहसंग समन्वय गरेर उर्जा क्षेत्रलाई विशेष प्राथमिकता राखेर अघि बढ्छौं ।’

प्रतिपक्ष दल बलियो हुनुपर्छ भन्ने सत्तापक्षको मान्यता रहेको मुख्यमन्त्री शाहले बताए । उनले भने –‘टिकाटिप्पणी हुनुपर्छ । सुझाव आउनुपर्छ । हामी प्रतिपक्षीको भुमिका खोज्छौंं । टिप्पणी नाकारात्मकमात्र होइन । सरकारका सकारात्मक कुरा पनि प्रतिपक्षले उजागर गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित