अपाङ्गता भएका व्यक्तिहरूको न्याय पहुँचका अवरोध पहिचान सम्बन्धी कार्यक्रम सम्पन्न

23
VIEWS

प्रकाश भट्ट/कञ्चनपुर,

अपाङ्गता भएका व्यक्तिहरूको न्याय पहुँचका अवरोध पहिचान सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ।

 

राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १८ स्थित कलश होटलको सभाहलमा कार्यक्रम बुधबार सम्पन्न भएको राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष तथा उक्त कार्यक्रमका सञ्चालक मान सिह साउदले बताउनुभयो।

उक्त कार्यक्रम राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशका प्रमुख हरि प्रसाद ज्ञवालीको सभापतित्वममा तथा उच्च अदालत दिपायल कञ्चनपुरका वरिष्ठ न्यायाधीश  कृष्णलाल भट्टराईको प्रमुख आतिथ्यमा र युएनडिपी सुदूरपश्चिम प्रदेश प्रमुख वैजयन्ती गिरीको विशिष्ट आतिथ्य कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा तथा उच्च अदालत दिपायल कञ्चनपुरका वरिष्ठ न्यायाधीश कृष्णलाल भट्टराईले अपाङ्गता अधिकार ऐन सम्बन्धी प्रस्तुती समेत राखेका थिए ।

कार्यक्रममा प्रस्तुती राख्दै कार्यक्रमका सभापति तथा मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशका प्रमुख हरि प्रसाद ज्ञवालीले सार्वजनिक भवन, सडक, सार्वजनिक स्थान, सूचना र सञ्चारका पूर्वाधार अपाङ्गमैत्री हुनुपर्ने बताएका छन्।

उक्त कार्यक्रममा स्वागत मन्तव्य राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशका पूर्व अध्यक्ष उपेन्द्र बहादुर खडायतले राखेका हुन्।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार