असार लागेसंगै विकासको चटारो सुरु पहिलो दिनमै ३ अर्ब बढीको भुक्तानी

10
VIEWS

काठमाडौँ :

 

यसअघिकै निरन्तरता असार लागेसँगै बजेट खर्चको चटारो सुरु भएको हो । महालेखा नियन्त्रण कार्यालयका अनुसार असारको पहिलो दिनमा नै सरकारी कोषबाट ३ खर्ब भन्दा बढी भुक्तानी भएको छ । कार्यालयका अनुसार यस्तो भुक्तानी एकै दिन पुँजीगत विकास खर्चतर्फ १ अर्ब ६४ करोड ४५ लाख रुपैयाँ बराबरको भएको छ भने चालु नियमित खर्चतर्फ १ अर्ब ३६ करोड ६२ लाख रुपैयाँ बराबर भएको छ ।यद्यपि, चालु आर्थिक वर्षको ११ महिना बितिसक्दा पनि हालसम्म कुल बजेट कार्यान्वयनको ६५।५६ प्रतिशत मात्र सफलता हात लागेको छ ।

 

महालेखा नियन्त्रणको कार्यालयका अनुसार असार १ गतेसम्म चालूतर्फ ८ खर्ब ७७ अर्ब ३९ करोड ४४ लाख रुपैयाँ अर्थात् विनियोजित बजेटको ७४।१५ प्रतिशत बजेट खर्च भएको छ भने पुँजीगत खर्चतर्फ १ खर्ब ५३ अर्ब ८ करोड ४२ लाख रुपैयाँ ४०।२४ प्रतिशत मात्र खर्च हुन सकेको छ ।यसले पनि सरकारमाथि पुँजीगत खर्च बढाउन दबाब परेको छ । यसअघि रोकिएका भुक्तानी रिलिज गर्ने देखि बाँकी अधुरा कामलाई समपन्न
र्गदा बढी कसरत गर्दा असार महिनामा बढी बजेट खर्च हुने देखिन्छ ।

 

यता, राजस्वतर्फ भने ११ महिना बित्दा सबैगरी लक्ष्यको ६०।३६ प्रतिशत अर्थात् ८ खर्ब ८० अर्ब ३८ करोड ७९ लाख रुपैयाँ उठ्न सकेको अवस्था छ । सरकारले चालु आर्थिक वर्षमा राजस्व, गैर राजस्व, अनुदान र अन्य गरी कूल १४ खर्ब ५८ अर्ब ६० करोड ५३ लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको थियो । रातोपाटी बाट साभार

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार