सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ।
प्रदेशका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले आज शुक्रबार प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८ र८१ को बजेट प्रस्तुत गरेका हुन्। भौतिक पूर्वाधार विकास अन्तर्गत सडक र पुलका लागि पाँच अर्ब ६८ करोड बजेट विनियोजन गरिएको छ। भने प्रदेशमा आगामी आर्थिक वर्षमा १० वटा सडक पुल योजना निर्माण गर्ने लक्ष्य प्रदेश सरकारको छ। त्यस्तै खानेपानीका लागि एक अर्ब ७७ करोड बजेट विनियोजन गरिएको छ।
प्रदेशका नौवटै जिल्लामा खानेपानी तथा ढल निकासका लागि प्रदेश सरकारले एक अर्ब ७७ करोड विनियोजन गरेको छ र साथै प्रदेश सरकारले आगामी आर्थिक वर्षमा सवारीसाधन खरिद नगर्ने समेत बताएको छ । बताएको छ। आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले कुल २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट सार्वजनिक गरेको छ ।






















Discussion about this post