सरकारी कार्यालयका हाकिमले अफ्नै बुहारीलाई खुवाए जागीर

18
VIEWS

धनगढीः

धनगढीमा रहेको पशु सेवा तालिम केन्द्र प्रमुखले आफ्नै बुहारीलाई जागीर खावाएका छन्। धनगढी तारानगरमा रहेको प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको पशु सेवा तालिम केन्द्रका निमित्त प्रमुख चन्द्रकान्त पन्तले आफ्नै बुहारीलाई जागीर खुवाएका हुन निमित्त प्रमुख पन्तले २०७९ साउन १ गते बुहारी विन्दु भट्टलाई कम्प्युटर अपरेटर पदमा नियुक्त गरेका हुन ।

 

पन्तले सहायक चौथो पदमा बुहारीलाई सिधै नियुक्ति दिलाएका हुन्। निमित्त प्रमुख पन्तले भने बुहारीको योग्यता पुगेकाले सेवा परामर्शतर्फ बुहारीलाई करार नियुक्ति दिएको जानकारी दिएका छन उनले कार्यालयमा रहेका कर्मचारी कम्प्युटर चलाउन नजान्ने भएकाले मासिक २५ हजार पारिश्रमिक दिने गरी बुहारीलाई नियुक्ति दिएको बताए।

 

कम्प्युटर पढेको र डिग्री अध्ययन गरिरहेकी बुहारीको मात्रै निवेदन परेपछि नियुक्ति दिएको पन्तले जानकारी दिएका छन । विन्दु भट्टको साउन १ गते नै परामर्श सेवातर्फको चौथो पदमा नियुक्तिको निवेदन सहितको प्रस्ताव पशु सेवा तालिम केन्द्रमा आएको थियो। सोही दिन भट्टको नियुक्तको टिप्पणी उठाएर निमित्त प्रमुख पन्तले बुहारीलाई नियुक्ति पत्र दिएका छन्।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार