आईसीसी विश्वकप छनोट: आज नेपालले नेदरल्यान्ड्ससँग भिड्दै जित्नै पर्ने दबाबमा छ नेपाल

2
VIEWS

काठमाडौं: 

 

आईसीसी विश्वकप छनोट-२०२३ अन्तिम चरणकाे एकदिवसिय खेल आज नेपालले नेदरल्यान्ड्ससँग  भिड्दै छ ।
सुपर सिक्समा पुग्न आजको खेल जित्नैपर्ने दबाब नेपालमाथि रहेको छ। खेल  अाज शनिबार दिउँसो पौने १ बजे जिम्बाबेको हरारे स्पोर्ट्स क्लबको मैदानमा हुँदैछ।

समूह चरणको एउटा खेल गुमाएको नेपालमाथि सुपर सिक्स पुग्न आज नेदरल्यान्ड्सविरुद्धको खेल जित्नैपर्ने दबाब रहेकाे छ।

एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्म नेपाल र नेदरल्यान्ड्सले दुई प्रतिस्पर्धा गरिसकेका छन्। दुई खेलमा एकएक जित निकालेका छन्। विश्वकप छनोटको समूह ‘ए’ मा नेपालसँगै जिम्बाबे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन्। अमेरिका तीन खेलमा पराजित हुँदै सुपर सिक्सको दौडबाट बाहिरिएको छ।

जिम्बावे र वेस्ट इन्डिजले सुपर सिक्समा स्थान सुनिश्चित गरेका छन्। भने समूह ‘ए’ बाट तेस्रो टोलीको रुपमा नेपाल र नेदरल्यान्ड्समध्ये एक सुपर सिक्समा प्रवेश गर्नेछन्।

नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेट पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो। त्यस्तै तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित नेपालले सुपर सिक्सका लागि अन्तिम खेलको प्रतिक्षा गर्नु परेकाे छ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार