लिफ्ट मागेका तीन जनाले गाडी नै लुटे, हातखुट्टा र मुख बाँधेर कर्मचारीलाई छोडे

कञ्चनपुर,
कैलालीमा एक कर्मचारी हातखुट्टा र मुख बाँधिएको अवस्थामा फेला परेका छन्। डडेल्धुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारी भीमदत्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका-५ मा हातखुट्टा बाँधिएको र मुख छोपिएको अवस्थामा फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक बेदप्रसाद जोशीले भण्डारी सडक छेउमा गम्छा, बेल्टले हात पछाडि बाँधिएको र दुई वटा गम्छाले मुख बाँधेको अवस्थामा दिउँसो १ बजे फेला परेको जानकारी दिए। भण्डारीले प्रहरीलाई दिएको जानकारी अनुसार कञ्चनपुरको दैजी घरबाट उनी आज बिहान करिब ८ बजेतिर आफ्नै कारमा कार्यक्षेत्र तर्फ जाँदै थिए। बाटोमा भेटिएका तीन जनाले कैलालीकै खानीडाँडा सम्म जाने भनेर लिफ्ट मागे।

‘गाडीमा तेल पनि हालिदिन्छौं खानीडाँडासम्म लगिदिनुपर्‍यो भनेर लिफ्ट मागेको भण्डारीले जनाएका छन्’ जोशीले भने,’बीच ज‌ंगलमा पुगेपछि फोटो खिचिदिन भनेर सडकभन्दा केही तल पुगेपछि मुख र हातखुट्टा बाँधेर, टाउँकोमा ढुंगाले हानेर छोडेर भागे।’

भण्डारीले चलाएको प्रदेश ३-०१२३६/७८२१ नम्बरको सुजुकी कार पनि उनीहरूले नै लगेर गएको प्रहरीले जनाएको छ। तीनै जना भारतीय मुलका रहेको पनि भण्डारीले प्रहरीलाई भनेका छन्। बिहान करिब १० बजेतिर उक्त घटना भएकोमा भण्डारी निकै संघर्ष गरेर सडक किनामा पुगेपछि दिउँसो १ बजेमात्रै गोदावरीकै नन्दराम देवकोटाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

‘घटना निकै शंकास्पत छ, हामी अनुसन्धान गरिरेका छौं’, जोशीले भने,’तत्काल भण्डारीको उपचारका लागि पद्‍मा अस्पताल अत्तरीयामा लगिएको छ, धेरै कुरा सोध्न बाँकी नै छ।’ कार र घटनामा संलग्नहरूको खोजी भइरहेको पनि उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित