आलितालका कर्मचारी लुट्ने तीन जना पक्राउ

22
VIEWS

कञ्चनपुर,

डडेल्धुरा आलितालका कर्मचारी लुट्ने पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका ४ स्थित बुढीतोलाबाट लुटिएको कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई कुटपिट गरेर भण्डारीको कारसहित ३ जना नगद र मोबाइल लुटेर फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार पक्राउ पर्नेमा भारत हरियाणा सोनी पथका २१ बर्षीय भगत सिँह, सोही ठाउँका १८ बर्षीय साहिल बादलिसे र सोही ठाउँका २० बर्षीय सन्नी जाँटलाई गोदावरी नगरपालीका १ स्थित ऐश्वर्य सामुदायिक वन मनेहारा गाउँबाट पक्राउ गरिएको हो । उनीहरुलाई गोदावरी नगरपालिका-१ स्थित भित्री सडकको जंगलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको उनले बताए।

यस्तै डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कर्मचारी लोकेन्द्रसिंह भण्डारीको लुटिएको ३–०१–०२३ च ८७२१ नम्बरको कार फेला परेको छ।जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले गोदावरी नगरपालिका-१ स्थित पाठक आयल स्टोरदेखि शान्तिनगर जाने सडकखण्डमा कार फेला परेको बताए।  लिफ्ट मागेर कारमा बसेका तीन जना व्यक्तिले आज कुटपिट गरेर भण्डारीको कारसहित भएका नगद र मोबाइल लुटेर फरार भएका थिए । कुटपिटबाट घाइते भण्डारीको पद्मा अस्पतालमा उपचार भइरहेको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार