एनप्याब्सन बेलडाँडीद्धारा तीनदिने मन्टेश्वरी तालिमको सनिवार समापन

बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा रहेको राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियसन नेपाल (एनप्याब्सन) बेलडाँडी युनिटले संस्थागत विद्यालयका मन्टेश्वरी शिक्षक शिक्षिकाहरुलाई मन्टेश्वररी सम्वन्धी तीन दिने तालिम दिई सनिवार समापन गरेको छ ।

विहिवार देखि शुरु भएको तालिमको आज सनिवार एक कार्यक्रमको आयोजना गर्दै समापन गरेको हो । २ देखि ६ वर्ष उमेर समूहका बालबालिकालाई सबै इन्द्रीयहरुको प्रयोग मार्फत आफैंले छोएर, हेरेर, गरेर अनि व्यक्तिगत वा समुहगत रुपमा विभिन्न क्रियाकलाप अथवा खेलमा सहभागी गराएर सिकाउने विधि मन्टेश्वरी शिक्षा भएकाले शिक्षक शिक्षिकाहरुलाई दक्षबनाउनका लागि तालिम दिइएको एनप्याब्सनका बेलडाँडी युनिटका रमेश जोशीले जानकारी गराउनु भयो । उहाँका अनुसार हामीले बेलडाँडीका सबै संस्थागत विद्यालयहरुलाई तालिममा सहभागि हुनका लागि बोलाएका थिएम र बेलडाँडी क्षेत्रका ६ वटा विद्यालयका ३६ जना शिक्षकशिक्षिकाहरू मात्र तालिममा सहभागी भएको जनाए ।

समापन कार्यक्रमका प्रमुख अतिथि तथा बेलडाँडी गाउँपालिकाका प्रमुख हरिशचन्द्र रानाले भने “यो कार्यक्रम हाम्रो हो, हाम्रा बालबच्चाका लागि हो भन्दै यो तालिमले यहाँका बालबालिकाको भविष्य बन्ने हुनाले अायोजक प्रति धन्यवाद व्यक्त गर्दै संस्थागत विद्यालयलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिराखेका छाैं भन्नू भयो ।”

यस्तै शिक्षा शाखाका प्रतिनिधि लोकेन्द्र शाही भने “बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न, बालबालिकालाई मनोरञ्जनात्मक तरिकाले फोटोहरूको माध्यमबाट शिक्षण गराउने कलाका लागि तालिम महत्वपूर्ण भएको बताए ।”

यस्तै निवर्तमान गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले भने “अाफ्नो कार्यकालमा सामुदायिक र संस्थागत बिद्यालयमा स्थानीय सरकारको तर्फबाट हुने सहयोग गरेको जनाउदै अझै व्याक्तिगत सहयोग गर्नका लागि अाफु तयार रहेको बताए ।”

तालिममा सहभागि बेलडाँडी नवज्योतीका शिक्षक विरेन्द्र थापाले भने “तालिम बाट धेरै कुराको सिकाइ भएको बताउदै सिकेको सबै सीप विद्यालयमा लागु गर्ने बताए । उनले भने यो तालिमले मन्टेश्वरी शिक्षा दिनमा अझै सिकाई सजिलो हुने बताए ।”

कार्यक्रम सभापति तथा बेलडाँडी युनिटका अध्यक्ष गोरख बहादुर चन्दले भने “अझै बेलडाँडीमा प्याब्सन एनप्याब्सन भनेको के हो थाहै नभएको जनाउदै यी दुबै संगठन संस्थागत विद्यालयको हकहितमा काम गर्ने संस्था भएको बताए ।” सामान्य बुझाई यी राजनीतिक पार्टीका संगठन हुन कि भन्ने धेरैमा भ्रम छ तर यी दुबै संगठन विद्यालयको हकहितमा रहेको बताए । उनले थपे सामुदायिक र संस्थागत विद्यालय बिच सबै पक्षबाट विभेद रहेको जनाउदै यो विभेदको अन्त्य हुनु पर्ने बताए । समाजमा रहेका कुरूती हटाउन विद्यालयहरूको समेत महत्त्वपूर्ण भुमिका रहने भएकाले स्थानीय सरकारले समेत यस्ता कार्यक्रममा सहभागी गराउनु पर्ने बताए ।

यस्तै कार्यक्रम की प्रशिक्षक अनिता पाण्डेले भने “मन्टेश्वरी कक्षाकोठामा बालबालिकाले आफ्नो रुचिअनुसारको विषयमा कक्षाकोठामै भएका सामाग्रीहरु खेलेर, चलाएर, छोएर जानकारी प्राप्त गर्छन अनि सिक्छन । तर, परम्परागत स्कुलमा शिक्षकले बोलेको कुरा निष्क्रिय भएर सुन्ने, घोक्ने, स्मरण गर्ने र त्यही कुराको मूल्यांकन गर्न परिक्षा लिने गरिन्छ । मन्टेश्वरी कक्षाकोठामा बालबालिकालाई रुचि लागेको विषयमा खेल्न, खोज्न, अध्ययन गर्न पर्याप्त समय दिइन्छ, ताकि उनीहरु विषयबस्तुको गहिराइमा पुग्न सकून भन्ने हुन्छ ।
मन्टेश्वरी कक्षामा विद्यार्थीहरुले परम्परागत स्कुलमा जस्तै घोकेर, रटेर नभई प्रयोगात्मक गतिबिधि मार्फत आफैं सिक्ने भएकाले विश्वभरि नै मन्टेश्वरी शिक्षा प्रख्यात भएको जनाए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष हरिश्चन्द्र राना, निवर्तमान अध्यक्ष धन बहादुर थापा , शिक्षा शाखाका प्रतिनिधि, एनप्याब्सन प्रदेश सदस्य हर्कदेब जोशी, विभिन्न विद्यालयका प्रतिनिधि, कार्यक्रम संचालक कर्ण बुढा लगायतको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा स्वागत मनतब्य गाैर सिह साउदले राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित