चुनावी एजेण्डा लिएर पिताम्बर जोशीको प्यानल मतदाता माँझ पुर्व अध्यक्ष, पदाधिकारी सहितले मतदाता व्यवसायीसंग भने, ‘यस पटक पिताम्बर टिमलाई नेतृत्वमा पु¥याऔँ’

45
VIEWS

कञ्चनपुर,
चुनावी एजेण्डा लिएर पिताम्बर जोशीको प्यानल मतदाता माँझ गईरहेको छ । आइतबार पिताम्बर जोशी प्यानलले बेलौरी, बेलडाँडी पुनर्वास क्षेत्रका उद्योगी व्यवसायीसंग भेटघाट गरेका छन ।
अध्यक्षका प्रत्यासी पिताम्बर जोशी सहित वाणिज्य उपाध्यक्ष धर्मसिह रावल, महासचिव खगेश्वर प्रशाद बोहरा सहितका पदाधिकारी भेटघाटमा व्यस्थ रहेका छन ।

पिताम्बर जोशी प्यानलका लागि पुर्व अध्यक्ष, पदाधिकारी, निर्वतमान अध्यक्ष जंग बहादुर मल्ल, पदाधिकारी चुनावमा खटिएका छन ।
वाणिज्य संघका निर्वतमान अध्यक्ष जंग बहादुर मल्ल, पुर्व महासचिव हेमराज जोशी सहितका पुर्व अध्यक्ष, पदाधिकारीहरुले मतदाता माँझ संस्थागत विकास र हितका लागि ँएक पटक पिताम्बर जोशीलार्ई सहयोगका लागि अपिल गरिरहेका छन ।

कञ्चनपुर उद्योग वाणिज्य संघको नयाँ कार्य समिति चयनका लागि २५ असारमा हुने निर्वाचनमा पिताम्बर जोशी प्यानललाई वाणिज्य संघका पुर्व अध्यक्ष एव पदाधिकारीले खुलेरै साथ सर्मथन जनाउँदै मत मागिरहेका छन । उनीहरुले बरिष्ठ उपाध्यक्षले अध्यक्षका लागि दावि गर्नु चुनावमा सहभागि हुन प्राकृतिक न्यायिक सिद्धान्त अनुरुप उपयुक्त हुने भएकाले पिताम्बर जोशी प्यानलाई साथ सर्मथन दिएका छन ।

उनीहरुले एक व्यक्ति धेरै पटक अध्यक्ष रोज्दा अन्य व्यवसायिकको हकहितका साथै नेतृत्व विकासमा प्रभाव पर्ने भएकाले पिताम्बर जोशीले अध्यक्षका लागि देखिनु उपयुक्त भएकाले आफुहरुको साथ सर्मथन रहेको बताएका छन ।
वाणिज्य संघका निर्वतमान अध्यक्ष जंग बहादुर मल्लले अहिलेको आवश्यकता अनुरुप पिताम्बर जोशीको टिम निर्माण भएकाले संस्थाका विकासका लागि पिताम्बर जोशीको प्यानलार्ई बहुमतका लागि निर्वाचित गराउन आब्हान गरिहेको बताएका थिए । पिताम्बर जोशी प्यानलमा अब्बल पदाधिकारी आएको भन्दै उनले सहयोगका लागि अपिल समेत गरेका छन ।

पिताम्बर जोशी प्यानलबाट यस अघि बरिष्ठ उपाध्यक्ष दिनेश मल्ल, उद्योग उपाध्यक्ष सुरेश गुरुङ्ग, सचिव राहुल भट्ट, कोषाध्यक्ष चेतराज जोशी निर्बिरोध निर्वाचित भईसकेका छन ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार