बेलडाँडीमा सार्वजनिक सुनुवाई कार्यक्रम स्थानीयद्वारा प्रभावकारी योजना कार्यान्वयनमा जोड,

बेलडाँडी,
कञ्चनपुरको बेलडाँडीमा सार्वजनिक सुनुवाई तथा सार्वजनिक परीक्षण कार्यक्रम सम्पन्न भएको छन ।

बेलडाँडी गाँउपालिकाको आयोजना एव प्रादेशिक सुशासन केन्द्र डोटीको सहयोग तथा नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको आयोजनामा सोमबार सार्वजनिक सुनुवाई तथा सार्वजनिक परीक्षण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा स्थानीयले आवश्यकता अनुरुप बजेट विनियोजन गरेर दिगो विकास निर्माणमा जोड दिएका छन ।
स्थानीय नवराज भट्टले आवश्यकता भन्दा पनि कमिसनमुखी बजेट योजनाले विकास निर्माणमा प्रभाव पारेको बताए ।
झर्नाखोलामा कल्र्भट निर्माणको उदाहरण दिदै स्थानीय युवा समेत रहेका भट्टले दुई दुई पटक बजेट दोहनका लागि ह्युमपाईपको योजना राखेर फुट्दै गएको बताए । उनले उक्त स्थानमा स्लेभ कल्र्भट निर्माणको विकल्प नभएको बताए ।

कार्यक्रममा राप्रपा नेता समेत रहेका प्रेमसिह साउदले गाँउपालिकाबाट संचालिन हुने योजना विकास निर्माणमा दिगो नभएको बताए । ‘हरेक बर्ष कमिसनमुखी योजना मात्रै हालिन्छन, ‘उनले भने, ‘दिगो विकास निर्माण केन्द्रीत योजना हाल्नुपर्छ ।’

नेकपा माओवादी केन्द्र बेलडाँडीका अध्यक्ष डम्बर बहादुर शाहले बजेट अनुरुप २ नम्बर वडाका विकास निर्माण नभएको बताए । लाखौँ बजेट सडकबत्तिका लागि खर्च गरेको देखाईएको बताउँदै उनले खर्च अनुरुप काम नभएको बताए । नेपाली काँग्रेस बेलडाँडी सचिव कुलैराज उपाध्यायले जनअपेक्षा अनुरुप काम गर्नुपर्नेमा जोडदिए ।

बेलडाँडी गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीले चालु आर्थिक बर्षमा सम्पन्न भएका योजना बारे जानकारी गराएका थिए । बेलडाँडी गाँउपालिका जनप्रतिनिधीले जनअपेक्षा एव आवश्यकता अनुरुप विकास निमाण गरिने बताए । बेलडाँडी १का अध्यक्ष एव प्रवक्ता गज बहादुर विष्टले आवश्यकता अनुरुप विकास निर्माण गरिने बताए । २का वडाध्यक्ष नारदसिह उ¥र्यालले वडामा प्रभावकारी कार्यक्रम संचालन गर्ने, ३का वडाध्यक्ष दुर्गा चौधरी र ५का वडाध्यक्ष ईन्द्र खडकाले विकास निर्माणमा जोडदिएका छन ।


बेलडाँडी गाँउपालिका उपप्रमुख शान्ति नाथ गिरीले जनप्रतिनिधीका नाताले अभिभावकत्व अनुरुप काम गरिने बताए । बेलडाँडी प्रमुख हरिशचन्द्र रानाले समाजिक उत्तरदायित्व एव पारदर्शी ढङगबाट काम गरिने बताए । नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिह धामीको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधी, राजनीतिक दल, पत्रकार एव नागरिक समाजको सहभागिता रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित