बैतडी –बैतडीको पुर्चौडी नगरपालिका–२ को भैरुमा पहिरोमा परि आमा छोराको ज्यान गएको छ ।
गएराति घरमाथिबाट खसेको पहिरोले पुरिँदा अन्दाजी २५ वर्षीया अञ्जु जागरी र उहाँका पाँच वर्षीय छोरा रिजन जागरीको ज्यान गएको हो ।
पहिरोमा पुरिएर अञ्जुका श्रीमान् गोब्बर जागरी घाइते हुनुभएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिनुभयो ।
स्थानीय र प्रहरीको सहयोगमा गोब्बरको उद्धार गरिएको र उहाँको उपचार भइरहेको चौधरीले बताउनु भयो ।
Discussion about this post