प्रचण्ड सरकारको भ्रष्टाचार बिरुद्ध अभियानमा सर्मथन जनाउँदै क्रान्तिकारीको हस्ताक्षर अभियान

कञ्चनपुर-कञ्चनपुरमा भ्रष्टाचार बिरुद्धको हस्ताक्षर अभियान शुरु भएको छ । अखिल क्रान्तिकारीले सोमबारदेखि भ्रष्टाचार बिरुद्धको हस्ताक्षर अभियान शुरु गरेको छ ।

‘सुशासन प्रचण्ड सरोकारको सरोकार भ्रष्टाचार बिरुद्धको नागरिक हस्ताक्षर’ भन्ने मुल नाराका साथ नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी कञ्चनपुरले भ्रष्टाचार बिरुद्ध सप्ताव्यापी बृहद हस्ताक्षर अभियान संचालन गरेको हो ।

अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक भुवन सिह विष्टले भीमदत्त नगरपालिका ४ महेन्द्रनगरदेखि भ्रष्टाचार बिरुद्धको नागरिक हस्ताक्षर अभियान शुरु गरिएको बताए ।
क्रान्तिकारी कञ्चनपुरका संयोजक विष्टले माओवादी केन्द्रका अध्यक्ष एव प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) नेतृत्वको सरकारले भ्रष्टाचार बिरुद्धमा गरिएको कामकाजलाई सर्मथन जनाउँदै जरैदेखि भ्रष्टाचार निर्मूल पार्ने माग अघि सारेर हस्ताक्षर अभियान शुरु गरिएको बताए ।

‘आजदेखि हामीले एक सातासम्म नागरिक हस्ताक्षर संकलन गछौँ, ‘उनले भने, ‘प्रशासन मार्फत प्रधानमन्त्रीलाई हस्ताक्षर बुझाउँछौँ ।’ क्रान्तिकारी कञ्चनपुरका संयोजक विष्टले वर्तमान सरकारले भ्रष्टाचार बिरुद्धमा गरिएको कार्बाही एक्सनले भ्रष्टाचारीहरुको भागाभाग भईरहेको बताए ।

‘कर्मचारीतन्त्रमा बषौँदेखि भ्रष्टाचारको संस्कृति संस्कार बसेको छ, ‘उनले भने, ‘यो एकै पटक सरकारको मात्रै पहलले भ्रष्टाचारको जरै उखेल्ने समस्या हुन्छ, यसका आम जनताको साथ सर्मथन पनि चाहिन्छ ।’

हस्ताक्षर उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष रामसिह ठगुन्नाले वर्तमान सरकारले भ्रष्टाचार बिरुद्धमा गरिरहेका कामकाजलाई आम जनताले समेत साथ सर्मथन दिएर मुलुक र जनताको दुस्मनकै रुपमा रहेको भ्रष्टाचार मुक्त नेपाल बनाउनुपर्नेमा जोडदिए ।

क्रान्तिकारीको हस्ताक्षर अभियानमा कञ्चनपुरका स्थानीय नागरिकले समेत साथ दिएका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरका धर्म बस्नेतले वर्तमान प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार बिरुद्धमा गरिएको कामकाजले नागरिकले सुशासनको शास फेर्न पाएको बताए ।

बेदकोट नगरपालिका १० दैजीका स्थानीय पदम पालले अरु सरकार भन्दा अहिलेको सरकारले भ्रष्टाचारीमाथि कार्बाही गरेको बताए । दोधाराचाँदनी नगरपालिका ४दोधारामा पतिराम लुहारले विगतका सरकार भन्दा अहिलेको सरकारले भ्रष्टाचारी तह लगाउने काम गरेको बताए ।

कञ्चनपुरमा संचालित क्रान्तिकारीको हस्ताक्षर अभियानमा स्थानीयले साथ सर्मथन जनाउँदै सरकारले देशैभरीका भ्रष्टाचारी तह लगाउनुपर्ने सुझाव दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित