कृष्णपुर– कृष्णपुर नगरपालिका वडा नम्बर ४ मा रहेको जहरी खोलामा पुल निर्माण भएको एक बर्ष वित्दा समेत मेयर हेमराज ओझाको राजनितिक पुर्वाग्रहले दया अमरपुर शिबिरका २५० र खल्ला दया गाउँका २०० परिवारको बिजोग भएको छ ।
वडा नम्बर ४ मा रहेको जहरी खोलामा निवर्तमान सरकारको पालामा पुल निर्माण गर्नुपर्ने माग उठेपछि तत्कालिन नगर नेतृत्वले आ.व. २०७८÷०७९ मा पुल निर्माण गर्न ५ लाख र साइडमा पर्खाल बनाउन २ लाख पचास हजार रुपैयाँ छुट्यायो । दुवै काम सम्पन्न भए, तत्कालिन मेयरको कार्यकाल सकियो । नयाँ कार्यकालका लागि नेपाली काँग्रेसबाट हेमराज ओझा नगर प्रमुखमा निर्वाचित भए । पुराना सरकारका कामलाई नयाँ निर्वाचित जन प्रतिनिधिले निरन्तरता दिनुपर्नेमा त्यसो गरिएन ।
ओझाले उक्त योजनालाई राजनितिक पुर्वाग्रह राख्दै आफु निर्वाचित भएको समयदेखि हालसम्म वेवास्था गरे । अहिलेका वडा अध्यक्ष धर्म बहादुर सिंह त्यतिबेला उक्त पुल निर्माणको अनुगमन समितिको संयोजक रहेका थिए, तर उनले पनि निर्वाचित भएपछि उक्त कामलाई अगाडी बढाउन चाँसो नदिएको स्थानीयबासीको गुनासो छ ।
नेपाली कांग्रेसबाट निर्वाचित तत्कालिन वडा नं.४ का अध्यक्ष तेज बहादुर रावलले पुरानो बाटो सञ्चालनका लागि उक्त पुल निर्माण गरिएको बताए । अहिलेको नगर नेतृत्वले राजनीतिक पुर्वाग्रह प्रस्तुत गरि कामलाई अघि नबढाएको उनको गुनासो छ । ‘मैले आफु वडा अध्यक्ष हुँदा आफ्ना भन्दा पनि आवश्यकता अनुसार, जनताका माग अनुसार योजना कार्यान्वयन गराए, म नेपाली काँग्रेसबाट निर्वाचित भएपनि यो पुल हालेको क्षेत्रमा एमालेको वर्चस्व छ ।’
रावलले भने, ‘राजनीतिक पुर्वाग्रहले यो काम अगाडी बढाईएको छैन, म यसलाई कार्यान्वयन गराउन लागिपरेको छु, कोही सुन्दैन, अहिले यसलाई राजनीतिक मोड दिएर बाटो नभएको ठाउँमा पुल बनायो भन्ने आरोप लगाईरहेका छन् ।’ बाटो देखाउँदै उनले थपे, ‘हेर्नुस के यो बाटो होइन ।’ ‘हामी गाउँले मिलेर संघर्ष समिति बनाएर पुल माग गरेका हों ।’
नगर प्रमुख ओझाले प्राविधिक टोलिले ग्राभिलको मात्रा अध्ययन गरिरहेको र छिट्टै जहरी नालाको वारीपारी ग्राभिल भरान गरेर पारिका गाउँहरुलाई मोटरेबल बाटोसंग जोडिने बताएका छन् । केही बाटोको बिवादका कारण काम नभएको भन्दै उनले अब बाटोको विवाद अत्य गरि बाटो सञ्चालन गरिने बताए । ‘केही बाटोमा बिवाद पनि रहेछ, हिजो अस्ती हामीले अनुगमन गरेका छौ ।’ नगर प्रमुख ओझाले भने, ‘पहिलेका साथिहरुले अलि बाटो राम्ररी छुट्याईदिएका भए काम गर्न सहज हुन्थ्थो ।’
Discussion about this post