पुनर्वासमा लक्षित समुदायको समस्या समाधान गर्न सरोकारवालासंग अन्तरक्रिया

55
VIEWS

लालबहादुर एस.के./कञ्चनपुर– पुनर्वासमा लक्षित समुदायका व्यक्तिहरुको समस्या समाधान गर्न सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार बहुदेश्यीय विकास समाज डडेल्धुराको सहयोग र समन्वयमा पुनर्वास नगरपालिकाको न्यायिक समितिको आयोजना सो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
पुनर्वास नगरपालिकाकी नगर उपप्रमुख तथा न्यायीक समिति संयोजक भुलिया कुमारी रानाको अध्यक्षतामा भएको सो अन्तरक्रिया कार्यक्रममा प्रमुख अथिति पुनर्वास नगरपालिकाका प्रमुख तोयप्रसाद शर्मा रहेका थिए ।

 

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, अतिथिका रुपमा ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रमुख नरेशराज मल्ल र बहुउद्देश्यीय विकास समाज डडेल्धुराका कार्यक्रम संयोजक धन बहादुर भण्डारी तथा पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह ऐरी लगायतका व्यक्तिहरुको उपस्थिति थियोे ।

 

सो अन्तरकृया कार्यक्रममा लक्षित समुदायका नागरिकहरुको नागरिकता,जन्मदर्ता,विवाहदर्ता, तथा न्यायिक समिति समक्ष परेका उजुरी र प्रशासनसंग विभिन्न समस्या राखेका थिए । अन्तरक्रियामा बोल्दै पुनर्वास नगरपालिकाका उपप्रमुखले भुलिया कुमारी रानाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने विपन्न जनताहरुको पहुँच सरकारी सेवामा पुर्‍याउने उद्देश्यले सो कार्यक्रम गरिएको स्पष्ट पारे ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले लामोसमय देखि नेपालमा बसीरहेका विदेशी र नेपालीसंग विवाह गरेर नेपालमा बसेका विदेशी तथा उनीहरूबाट जन्मेका सन्तानहरुको हकमा कानूनमा तोके बमोजिम हुने बताए ।

नगरप्रमुख तोयप्रसाद शर्माले पञ्जिकरण र नागरिकता सम्बन्धि केही समस्या आए आफूहरूले समन्वय गरेर समाधान गर्न तयार रहेको जिकिर गरे ।

कार्यक्रम पुनर्वास नगरपालिकाका शिक्षा शाखा प्रमुख शिवराज भट्टको स्वागत मन्तव्यबाट सुरु भएको थियोे ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार