कञ्चनपुरमा डीआईजीका सिपाहीमाथि स्थानीयद्धारा कुटपिट

279
VIEWS

धनगढी । सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भरतबहादुुर बोहराले गठन गरेको आरआइटीले असुली धन्दा मच्चाउन थालेको आरोप लागेको छ ।

डीआईजी बोहराले आरआइटीमा राखेका प्रहरी कर्मचारीले विभिन्न बाहानामा असुली धन्दा चलाएपछि सर्वसाधारण आजित भएका छन् ।

असुली धन्दा अन्तरगत नै स्थानीय युवाहरुलाई साथमा लिएर सवारीसाधन चेकजाँचमा उत्रिएपछि डीआईजी बोहराका एक सिपाहीको धुलाई गरिएको छ । सोमबार कञ्चनपुरको पुर्नवास नगरपालिका–११ को टाउके बजारमा आरआईटीमा कार्यरत प्रहरी जवान रञ्जित साउँदले युवाको समूह सडकमा उतारेर मोटरसाइकल चेकजाँच गर्दै दुःख दिएपछि स्थानीयले कुटपिट गरेका हुन् ।

उनीहरुले साउँदले मदिरा सेवन गरेर आफू डीआईजी भरत बोहराको मान्छे भन्दै सादा पोशाकमा मोटरसाइकल चेकजाँच गर्दै लाइसेन्स र ब्लुुबुक मागेर हैरान गर्न थालेपछि हातपात गर्न बाध्य भएको बताएका छन् ।

पुर्नवास नगरपालिका–११ का वडाध्यक्ष तुुलसी अर्यालले प्रहरी जवान साउँदले सवारी साधन चेकजाँच गर्दै दुःख दिएको खबर पाएपछि सोमबार आफू पनि घटनास्थलमा पुगेको बताए तर अर्यालले आफू त्यहाँ पुग्ने बेलासम्म स्थानीयको एउटा समूहले कुटपिट गरेपछि प्रहरी जवान भागेर गएको प्रेसपत्रलाई बताए ।

साउँद डीआईजी बोहराका नातेदार समेत पर्ने बुझिएको छ । प्रहरीको सुदूरपश्चिम प्रमुख भएर आएपछि नातावाद र क्षेत्रियता लाधेको आरोप खेपिरहेका डीआईजी बोहराले साउँदलाई बैतडीबाट ल्याएर आरआइटीमा राखेका थिए ।
बोहराले आवश्यकता र औचित्य नरहेको भन्दै आरआईटी भंग गरेका थिए तर उनले लगत्तै आफ्ना नातेदार पर्ने प्रहरी वरिष्ठ नायब निरीक्षक डेनी स्वाँरको नेतृत्वमा आरआईटी गठन गरेका थिए ।

प्रहरीले लुकायो घटना

नेपाल प्रहरीले भने सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह(आरआईटी)मा आवद्ध प्रहरी जवान रंञ्जित साउँदले पैँसा असुल्ने उद्देश्यबाट सोमबार पुर्नवासमा गरेको हर्कत लुकाएको छ । प्रहरीका अधिकृतहरुले यो घटनाका बारेमा जानकारी नभएको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक(एसपी) कमल थापाले घटनाबारे रिर्पोटिङ नभएको दाबी गरे । उनले पुर्नवास क्षेत्रमा अहिले आरआईटीका प्रतिनिधि नखटाइएको बताउँदै यसबारे प्रदेश प्रहरी कार्यालयमै बुझ्न अनुरोध गरे ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले पनि घटनाबारे अनभिज्ञता प्रकट गरेको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) प्रज्वल महर्जनले घटनाबारे जानकारी नभएको बताउँदै बुझेर प्रतिक्रिया दिने बताएका छन् ।

स्रोतकाअनुसार साउँद डीआईजी बोहराका आफन्त भएकै कारण घटना लुकाउने प्रयास भइरहेको हो । डीआईजीको नजरमा नराम्रो भईने डरले प्रहरी अधिकृतले पनि घटनाबारे थाहा नभएको प्रतिक्रिया दिइरहेको दाबी गरिएको छ ।
प्रेस पत्रबाट साभार

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार