दरबन्दीबिनाका कर्मचारीको विवरण माग

30
VIEWS

सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव र अन्य मन्त्रालयका सचिवहरूबिच चालु आर्थिक वर्षका लागि कार्यसम्पादन सम्झौता सम्पन्न भएको छ। सो अवसरमा प्रमुख सचिव नारायणप्रसाद शर्मा दुवाडीले सबै मन्त्रालय तथा मातहतका निकायहरूमा दरबन्दीबिना करारमा राखिएका कर्मचारीहरूको विवरण तत्काल उपलब्ध गराउन निर्देशन दिएका छ।

 

आर्थिक वर्ष २०८०र८१ को वार्षिक कार्यक्रम कार्यान्वयन सम्बन्धमा प्रदेश सरकारका छ वटा मन्त्रालयका सचिव र तीन वटा आयोगका प्रमुखले आफ्नो निकायले गर्ने कामको कार्यसूचीसहित सम्झौतापत्र तयार पारी हस्ताक्षर गरेका थिए।

कार्यसम्पादन सम्झौतामा प्रत्येक मन्त्रालय तथा निकायले हासिल गर्नुपर्ने नतिजाको सूचक राखिएका छन्। जसमा नतिजा सूचक, भार, एकाइ, गत वर्षको समग्र स्थिति र आव २०८०र८१ को लक्ष्य निर्धारण गरिएको छ।

त्यसै गरी सम्झौतापत्रमा सम्पादन गर्नुपर्ने प्रमुख कार्यहरू उल्लेख छन्, जसमा कार्यक्रम र क्रियाकलापको सूची र जिम्मेवारी पूरा गर्नुपर्ने समयसीमा उल्लेख गरिएको छ।

मन्त्रालय तथा मातहतका निकायहरूले गर्नुपर्ने प्रमुख कार्यमा प्रदेश सरकारको आव २०८०र८१ को नीति, कार्यक्रम र बजेटलाई आधार बनाइएको प्रमुख सचिव दुवाडीले जानकारी गराए

सम्झौतामा कार्यसम्पादनको प्रगति मासिक रूपमा मुख्यमन्त्री कार्यालयमा अनलाइन प्रणालीबाट पठाउनुपर्ने र त्यसलाई मासिक तथा वार्षिक प्रतिवेदन र मूल्याङ्कनको आधार बनाइने उल्लेख छ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार