महाकालीको भंगालो कुतियाकवर बस्तीमा पस्यो

49
VIEWS

पप्पु गुरुङ/दोधारा । बिगतका वर्षको भिषण वर्षा संगै महाकाली नदी र जगबुडा नदीमा आएको कल्पनीय बाढीले ठूलो क्षति ब्यहोरेका टेक बहादुर सुनारलाई वर्षा शुरु भए संगै फेरि चिन्ता बढेको थियो । उही पुरानै शैलीमा महाकाली नदी र जगबुडा नदी उर्लिने पो हो कि, भने चिन्ता उनमा थियो ।

 

टेक बहादुर सुनार दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्तीका निवासी हुन् । आकाशमा कालो बादल देख्ना साथ उनलाई त्यही त्रासदीपूर्ण दिनको भयले सताउदै आएको हो । त्यस बाढीले कुतियाकवर बस्तीका ४८ घरधुरीमा ठुलो धनमालको क्षती गरेको हो ।

क्षण भरमै आएको बाढीले बस्तीका घर सम्पत्तीको नामोनिसानै मेटाइदिएको स्थानीय टेक बहादुर सुनारको चिन्ता आज बस्तीमा आएको महाकाली नदीको भंगालोले थप चिन्तीत बनाएको छ् । महाकाली नदीको जलस्तर अचानक बढेर बस्तीमा नदीको पानी आउन थालेपछि बस्तीमा ठुलो त्रासद्धि मच्चीएको थियो ।

नैन बहादुर सुनारको घर आंगनमा नदीको पानी पस्न थाले संगै स्थानियहरुले सुरक्षाकर्मी, उद्धारकर्मी तथा जनप्रतिनिधीहरुलाई फोन गरेर गुहार्न थालेका थिए । घर आँगन नजिक नदीको पानी पस्न थालेपछि स्थानियले आफ्नो सरसमानलाई सुरक्षित स्थानमा राख्नमै ब्यस्त देखिए । महाकाली नदीको भंगालो खेतवारीमा पसेर धान, मकै पुरै डुवान गरेको छ् ।

बस्तीको पुर्व/दक्षिण दिशा तर्फमा रहेको किसानहरुको खेतीयोग्य जग्गा धामधम महाकाली नदीले कटान गरेको छ् । बस्तीमा पानी पसेको खबर पाउन साथ नेपाल प्रहरी, सशस्त्र प्रहरीको उद्धार टोली बस्तीमा पुगेको हो । धान, बेसारवारी तथा मकै खेतमा उद्धार टोलीको किस्ती चलेको देखिन्थ्यो । जल तथा मौसम विज्ञान विभागको बाढी अनुगमन प्रणालीका अनुसार डडेल्धुराको परिगाँउमा पानीको वहाव ६.८४ मिटर मापन गरिएको थियो ।

सो ठाँउमा जलस्तर ७ मिटर पुगेमा खतराको तह मानिन्छ् भने ५.८ मिटरमैं सतर्कताको तह मानिन्छ् । बिहान समान्य अवस्थामा रहेका कुतियाकवरबासी अपरान्ह हुन लाग्दा बस्तीमा महाकाली नदीको पानी अचानक बस्तीमा पसेको स्थानियबासी माया देबी सुनारले बताए ।

‘२०७८ कार्तिकको महिनामा आएको बाढीको झल्को दिएको छ्’ माया देबी सुनारले भने । कुतियाकवर बस्तीमा नदीको पानी पसेर जलमग्न भए संगै माया देबीले आफ्ना नाती, नतिना लिएर सुरक्षित स्थानमा गएका थिए । ‘के गर्ने सरकारलाई पक्की तटबन्ध बनाईदिनु पऱ्यो भने भन्न थालेको दशकौ बित्यो, कसैले सुन्दैन् ।

अव यो भन्दा थोरै ठुलो बाढी आए भने सबै बाढीमा डुब्ने त होला नि’ माया देबी सुनारले भने । नदी बस्तीमा छिर्न थाले संग नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा उद्धारकर्मीको टोलीले पुर्णरुपमा सर्तकता अपनाएको थियो । स्थानिय नैन सुनार अनुसार बस्तीको बिच भागबाट महाकाली नदीको भंगालो बस्तीमा पसेको बताएका छन् ।

नदीको पानी उनको घरमै पुगेको नैन सिंह सुनारको भनाई छ् । पानी आउन थाले संगै आफुहरुले घरमा भएको अतिआवश्यक सामग्री सुरक्षित स्थानमा राख्न थालेको उनको भनाई रहेको छ् । ‘महाकाली नदीको पानी घर आँगनमा आएकोले हामीले घरमा भएको सरसमान सुरक्षित स्थानमा राखेका छौं’ स्थानिय नैन सिंह सुनारले बताए ।

२०७८ साल कार्तिकमा आएको महाकाली नदीले बनाएको बाटोमा यस पटक पनि नदी बस्तीमा पसेको उनिहरुको भनाई रहेको छ् । नदी नियन्त्रणको लागी भौतिक संरचना नबनेको र नदीलाई व्यवस्थित गर्न नसकिएकाले बिगतका दिनहरु जस्तै यस पटक पनि घटना दोहोरिने हो कि, भन्ने चिन्ता बढेर आएको स्थानियहरु बताउन थालेका छन् ।

तिनै तहको सरकार नीति क्षेत्र तथा स्थानीय समुदायको प्रभावकारी समन्वय, आवश्यक प्रतिकार्य योजना, समयमै सूचना प्रवाह, स्थानिय समुदायमा भरपर्दाे सूचना र जानकारी तथा आवश्यक पूर्वतयारीका सामग्री र राहत, उद्धार तथा पुन : स्थापनका लागि चाहिने बन्दोवस्तीका सामान बेलैमा जोहो गर्नुपर्नेमा विज्ञहरुले सुझाव दिदै आएपनि आज बस्तीमा पसेको महाकाली नदीको पानीले पुर्व तयारी कमजोर रहेको जानकारहरुको भनाई रहेको छ् ।

महाकाली नदीले खेतीयोग्य जग्गा कटानी गर्दै बस्तीमा नदीको भंगालो पुग्दा समेत सरकार गम्भिर नहुनु दुखद पक्ष हो ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार